राही चंचल
गौर,१ असार ।
अविरल वर्षा पछि आएको विनाशकारी बाढीले पुर्ण रुपले घर नै बगाए पछि अहिले बडहरवावासी भोकै छट्पटिदै छन् । बाढीले आफ्नो घर पुर्णरुपले तहनहस पारेको र अहिले सम्म एउटा पाल,आधा किलो चिउरा,२ प्याकेट चाउचाउ र २ वोतल पानी पाएको भन्दै एक करिब ५५ वर्ष नाघेकी महिला रुदै भनिन् ।
त्यही छेउमा बसेको करिब ५० वर्षिय मइचन दासको पिडा पनि त्यो भन्दा कम छैन् ।
आफ्नो आशु पुछदै भने, घरमा भएको अन्न,लताकपडा सबै बाढीले बगाए पछि आफु सहित पुरै परिवार विच्चलीमा परेका छौ ।
त्यही छेउमा रहेको एक जनाले २०७४ सालमा आएको बाढीले घरबार तहसनहस बनाएको घाउ निको न हुदै फेरि अर्को बाढीको सामना गर्नुपरेको छ । विगत बाढीले घर बगाए पछि
नयाँ घर बनाएका थिए त्यो पनि ईश्वरलाई सहन भएन , यसपालीको बाढी त्यो पनि बगायो ।
५दिन अगाडी बाढी बस्तीमा पसेपछि बडहर्वा गा“उ नै बग्यो । बाढीले विस्थापित बनाएपछि बाग्मतीको बाधमा पाल टांगेर बडहरवावासी बस्दै आएको छ । बाढीले दुर्गा भगवती गा“उपालिका वडा नम्बर ५ बडहर्वाका करिब साढे दुइ सय परिवारको पिडित भएका छन् । पीडितले आफन्तले ल्याइदिएको चिउरा, चाउचाउ र बिस्कुट अनि बाढीमा डुबेको कलको पानी खाएर पाँच दिन काटे । यसबीचमा कहीं कतैबाट राहत आएन ।हामीले सम्मानहरु जम्मा गर्दै छौ सम्भवतः विहिबार देखि वितरण गर्छौ वडाध्यक्ष धर्मनाथ चौधरीले बताए ।
हामी सकेसम्म राहत वितरण गरि रहेको गाउपालिकाका अध्यक्ष अरुण साह जानकारी दिए । बाग्मती र झाझ खोलामा गतिलो तटबन्ध न भएको कारण वर्षेनी यस्ता सममस्या भोग्न हामी बाढीको मार खेप्नुपरेको गुनासो पीडितको छ ।