काठमाण्डौ–यो बर्षको पहिलो सुपरहिट चलचित्र जात्रै जात्राकी नायिका हुन् वर्षा राउत । वर्षालाई चलचित्र क्षेत्रमा यो चलचित्रले फेरि उचाइमा पुर्याएको छ । जात्रै जात्रा सुपरहिट भएपछि वर्षाको माग पनि बढेको छ ।
तर, यसले नायिका राउतमाथि भने दबाब बढाएको छ ।
चलचित्र जात्रै जात्रापछि वर्षाले कुनै पनि चलचित्रमा काम गर्ने गरि संझौता गरेकी छैनन् । वर्षा तत्काल आफू चलचित्र साइन गर्ने मुडमा नरहेको सुनाउछिन् ।
वर्षाका अनुसार, उनी अहिले जात्रै जात्राको हिट व्यापारस“गै दबाबमा छिन् ।यसैले धेरै पटक सोचेर मात्र चलचित्रमा काम गर्ने उनको योजना छ । वर्षा भन्छिन् अब म अर्का फ्लप फिल्म थेग्न सक्दिनँ । यसैले कुुर्छ तर राम्रो चलचित्रमा काम गर्छु । वर्षाले आफूलाई केही चलचित्रको अफर आएको पनि सुनाइन् । वर्षा मात्र होइन, हिट चलचित्र दिएपछि कलाकारहरु दबाबमा आउने गरेका छन् । जसलेगर्दा, उनीहरुले नया“ चलचित्रमा साइन गर्न समय लगाएको देखिन्छ ।