गौर,२२ साउन ।
सिंचाई विकाश डिभिजन कार्यालय,गौर रौतहटका प्रमुख सहित ४ जना माथी अख्तियार दुरुपयोग अनुसन्धान आयोगले आरोपपत्र दायर गरेको छ ।
सिंचाई विकाश डिभिजन कार्यालयका प्रमुख अजित श्रीवास्तब,तत्कालिन ईन्जिनियर नविन कुमार यादब,सव ईन्जिनियर संजय साह र उपभोक्ता समितीका अध्यक्ष कलाम अख्तरमाथी नक्कली बिल भर्पाई पेश गरेर लाखौं रकम हिनामिना गरेको आरोप छ ।
२०७४÷७५ मा बाढीपीडित कार्यक्रम अन्तर्गत १६ वटा योजनाहरुमा कुनै प्रकारको कामै नगरी फर्जी बिल बनाई भ्रष्टाचार गरेको अभियोगमा उनीहरुलाई पक्राउ गरि अनुसन्धान गरेपछि सोमबार विशेष अदालत काठमाण्डौमा आरोपपत्र पेश गरिएको अख्तियार प्रबक्ता प्रदीपकुमार कोईरालाले जानकारी दिए ।आरोपित ४ जनामाथी भ्रष्टाचार निवारण ऐन को दफा ८ को उपनियम १ को देहाय ग र ङ बमोजिमको कसुर गरेको पुष्टि भएकाले जनही ३ लाख ७२ हजार ५१ रुपौया ३१ पैसा विगो कायम गरी आरोपपत्र दायर गरिएको प्रबक्ता कोईरालाले जानकारी दिए ।