साहो आएपनि मारुनी निर्मात्रीलाई आत्मविश्वास

काठमाण्डौ–भदौ ६ गते फिल्म मारुनी प्रभासको बलिउड फिल्म साहो स“ग भिड्न भएको छ । साहोले पहिला अगस्त १५ लाई प्रर्दशन मिति तय गरेको थियो । उक्त मितिमा अक्षय कुमारको मिसन मंगल र जोन अब्राहमको बाल्टा हाउस सगै दुई साउथ फिल्म आउने भएपछि साहोले प्रर्दशन मिति सार्यो ।
साहोले प्रर्दशन मिति सार्दा नेपाली फिल्ममा पनि प्रभाव देखियो । भदौ ६ गते मारुनीस“ग भिड्न तयार भएको रामबाबु गुरुङको फिल्म कबड्ी कबड्ी कबड्ी साहोको कारण असोज ३ मा पुग्यो ।
तर, मारुनीको निर्माता पुनम गौतमले साहोको कारण पछि नहट्ने बताइन् । उनले भनिन्,मारुनीले ६ महिना अगाडी नै प्रर्दशन मिति तय गरेको थियो ।त्यसपछि कबड्ी कबड्ी कबड्ी र बलिउड फिल्म साहो पनि आयो । कबड्ी कबड्ी कहिले आयो कहिले गयो कहिल्यै गुनासो गरेको छैन । उहा“हरु आउनु भएपनि हामी जति हल पाउछौं त्यतिमा चलाऊ । ्
तर हाम्रो काम राम्रोस“ग गरौं भन्ने थियो । यसमा डराउने भन्दा पनि हाम्ले कति काम गर्न सकेका छौं । हामी आफ्नो प्रोडक्ट माथि कति विश्वास गछौं भन्ने कुरा हुन्छ ।
उनले थप्दै भनिन्, साहो ठूलो लगानीमा बनेको फिल्म हो । तर, भारतिय फिल्मको लागि नेपाली फिल्म मारमा पर्नु त भएन नि ।
हाम्ले यो फिल्म भारतमा चलाउछौं भनेको छैन । यो कुरामा वितरकले विचार गर्नु पर्ने हुन्छ ।तिजको समय छ हाम्ले राम्रै हल पाउछौं र राम्रो प्रतिक्रिया पाउछौ भन्ने विश्वास छ । साहो आएपनि नआएपनि हामी हाम्रो ठाउ“मा हुनेछौं ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_imgspot_img

भरखरै प्राप्त

Related Articles