रौतहटमा छैनन् विशेषज्ञ डाक्टर

गौर,२२ साउन ।
रौतहटको सदरमुकाम गौरमा रहेको एक मात्र सरकारी अस्पतालमा दुई बर्ष देखि बिशेषज्ञ चिकित्सक बिहिन बनेको छ । जिल्ला अस्पतालमा ९ जना बिशेषज्ञ चिकित्सकको दरबन्दीमध्ये एक जना मात्र कार्यरत छन् । चिकित्सक नभएपछि अस्पतालमा आउने बिरामी स्वास्थ्य सेवावाट बञ्चित छन । ५० शैयाको सुविधासम्पन्न भनिएको जिल्ला अस्पतालमा एक जना मेडिकल सुपरिटेण्डेन्ट डा.कृष्ण साह मात्र विशेषज्ञ चिकित्सकको रूपमा कार्यरत छन ।
डा.साह अस्पताल प्रमुख समेत पनि हुन । अस्पतालमा ९ जना बिशेषज्ञ, मेडिकल अफिसर ४ जना र डेन्टल सर्जन १ जनाको दरबन्दी रहेपनि स्वास्थ्य मन्त्रालयले चिकित्सक पठाएको छैन । मन्त्रालयले मेडिकल अफिसरको दरबन्दी करारमा राखेको छ । करारका चिकित्सक असार मसान्तमा फिर्ता भईसकेका छन् । त्यसपछि एक जना डाक्टरको भरमा अस्पताल धान्नुपर्ने अवस्था रहेको प्रमुख डा.साहले बताए । लामो समय सम्म चिकित्सकको अभाव झेलेको अस्पतालमा दरबन्दीअनुसार नहुदा समस्या भएको उनले बताए । मन्त्रालय विभागमा पटक पटक जानकारी गराइएको भएपनि पठाउने काम भएको नभएको उनको भनाई छ ।
स्वास्थ्य मन्त्रालय पनि छात्रवृत्ति र करारको भरमा मेडिकल अफिसर पठाएको छ । ती सबैको असारमा म्याद सकिसकेको र दरबन्दीका ६ जना स्टाफ नर्समध्ये एक जना मात्र कार्यरत रहेको प्रमुख डा.साहले बताए ।
अस्पतालमा तीन जना ल्याब टेक्निसियनमध्ये एक जना मात्र छन । उनले दरबन्दीका कर्मचारी पठाइदिन मन्त्रालयमा पटक–पटक पत्राचार गरे पनि सुनुवाइ नभएको सुनाए । जनशक्ति अभाव र आधारभूत पूर्वाधार व्यवस्थापन अभावको कारण अस्पतालको सेवा प्रभावित हुँदै गएकोमा सेवाग्राहीले चौतर्फी विरोध गर्न थालेका छन । सरकारी अस्पतालमा गुणस्तरीय सेवा प्रवाह गर्न नसकेकाले बिरामी भारतलगायत नेपालको चितवनलगायत अन्यत्र जान बाध्य छन । अस्पतालमा दैनिक एक सयदेखि दुई सय जनासम्म बहिरङ सेवामा भर्ना हुने गरेका छन ।
छिमेकी भारतबाट समेत बिरामी आउने हुनाले अस्पतालमा बिरामीको चाप छ । विगतमा १५ शैयाको जिल्ला अस्पताललाई दुई वर्षदखि ५० शैया क्षमतामा स्तरोन्नति गरिएको हो । सरकारले सरकारी अस्पतालबाट ७२ प्रकारको औषधि निःशुल्क प्रदान गर्ने घोषणा गरे पनि सेवाग्रहीले पाउन सकेका छैनन । गौर अस्पतालमा लामो समयदेखि औषधिसमेत अभाव रहेकोछ । निःशुल्क भनिएकोमध्ये मुस्किलले ३० प्रकारको औषधि उपलब्ध छन ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_imgspot_img

भरखरै प्राप्त

Related Articles