पानीघट्ट, ढिकी तथा जातो लोप हुदै

चन्द्रपुर,३१ साउन । रौतहटमा हिजोआज हाते जातो र ढिकी कमै मात्रमा देखिन्छन् । गाउगाउमा विद्युत् पुगेपछि धान कुट्ने तथा कोदो, मकै र तोरी पिस्ने नया प्रविधिको मिल भित्रिएपछि अहिले जिल्लाका बिभिन्न गाउघरबाट पुराना प्रविधि पानीघट्ट, ढिकी तथा जातो लोप हुूदै जान थालेको छ ।
सात वर्ष अघिसम्म पनि जिल्लाको धेरै जसो स्थानमा जातो, ढिकी र पानीघट्ट अहिले विद्युत् विस्तार भएसंगै पूर्ण विस्थापित भएको सम्बन्धित क्षेत्रका स्थानीय बासिन्दा बताउछन् ।


पहिला–पहिला गाउ“मा बिजुली नआउदा र मिल स्थापना नहुदा ढिकीमा पालैपालो धान कुटाउन, मक गहुं पिसाउनेको ओइरो नै लाग्थ्यो, अब आधुनी जमाना आएर होला सबै बिधुतीय मिलले गर्छ,चन्द्रपुरका स्थानीय उमेश तिमल्सिनाले सुनाए ।
चन्द्रपुर ७ का ५० वर्षीय लिलाबहादुर कार्की हिजोआज गा“उमा ढिकी र जातो विस्थापित हुन पुगेकामा निकै चिन्तित बन्न पुगेका छन् । उनी भन्छन,विगतमा गाउघरमा ढिकी, जातो चल्दा र ढिकी, जातोको आवाज आउदा पनि गाउघर रमाइलो हुन्थ्यो, तर अहिले गाउमा ढिकी घर भत्किसके, जातो उखेलिएर फालिसके, अब मिलको जमाना आयो, हिजोका ती प्रविधि बन्द हुदा गाउ नै सुनसान हुन पुगेको छ ।
गा“उमा दशै, तिहारको समयमा र विवाहलगायत विभिन्न कार्य हुदा ढिकीमा च्यूरा तथा धान कुट्ने कार्यले गा“उ नै रमाइलो हुने गर्थ्यो । आज नया प्रविधिको कारण पुराना प्रविधि विस्थापित भएपछि गा“उघर नै सुनसान हुन पुगेको उनको धारणा छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_imgspot_img

भरखरै प्राप्त

Related Articles