सवारी नियम उल्लंघनःट्राफिक प्रहरी रमिते

चन्द्रपुर,०५ भदौ ।
गौर–चन्द्रनिगाहपुर सडक खण्डमा ट्राफिक प्रहरी खटिए पनि आफ्नै काममा व्यस्त हुन्छन् । मोबाइल चलाउदै त कोही गफिदै गरेको देखिन्छ । सवारी नियम उल्लंघन हुदा उनीहरू नदेखें झैं गर्छन् ।
चन्द्रनिगाहपुर चोकबाट दक्षिणतिर अधिकाशले हेलमेट नलगाई र तीनजना चढेर मोटरसाइकल चलाउदा पनि ट्राफिक प्रहरी कारबाही गर्दैनन् । ट्राफिक ऐनविपरीत ३ जना चढाउने, हेलमेट नलगाउने र लाइसेन्सबिना चलाउनेको रौतहटमा बढी छन् । ड्युटीमा बसेका ट्राफिक मूकदर्शक बन्छन् । दुर्घटना न्यूनीकरण र आफ्नै सुरक्षाका लागी मोटरसाइकल चालकले हेलमेट लगाउनुपर्ने लगायत ट्राफिक नियमबारे सहर, बजार, विद्यालयमा जिल्ला ट्राफिक कार्यालय चन्द्रनिगाहपुरले जनचेतनामूलक कार्यक्रम गर्छन् । तर पनि यस क्षेत्रमा ट्राफिक प्रहरीको उपस्थिति नभएको जस्तै भान हुन्छ । मुख्य बजार र सडकमै बिनाहेलमेट मोटरसाइकल चलाउने भेट्टिन्छन् । उनीहरू निर्वाध रूपमा ट्राफिकको अघिबाट जान्छन् । रोक्ने प्रयाससमेत गर्दैनन् ट्राफिक । गरुडा इलाकामा सबैभन्दा बढी नियम उल्लंघन गर्ने देखिएको छ ।
गरुडाका ट्राफिक दिनहु हरसाह चोकनजिक सबारी रोकेर जरिवाना काट्न ब्यस्त हुन्छन् । बजार क्षेत्र लथालिङ पारेर जरिवाना काट्न लागिपरेको भन्दै उनीहरूको चर्को आलोचना हुने गरेको छ । ट्राफिक व्यवस्थापन छाडेर सवारी रोक्दै जरिवाना काट्न लागिपरेको स्थानिय अमर श्रेष्ठले बताए ।
गौर सडकमा अधिकांशले हेलमेट लगाउदैनन्, सडकमै पार्किङ गर्छन्,उनले भने,ड्युटीमा ट्राफिक बसे पनि बेवास्ता गर्छन् । रोकेर सचेतसमेत गराउदैनन् । यहा“को गरुडा, शिवनगर, सन्तपुर, डुमरीया, हर्साह, बिर्ता, शिवनगर, शुकदेव क्षेत्रमा ट्राफिक नियम मिचेर मोटरसाइकल चलाउछन् । बजारको चोक–चोकमा ट्राफिक प्रहरी ड्युटीमा बसे पनि रोकछेक गर्दैनन् । उनीहरू नदेखे झैं गर्छन् । यहा“का ट्राफिक प्रमुख एसपी योगबहादुर पालले जिल्ला ट्राफिक रौतहटमा इन्चार्ज नभएकाले समस्या बढेको बताए ।
केही समयपछि इन्चार्ज आउछन् । अनि समस्या नहोला,उनले भने,हामीले के गर्दा हुन्छ के गर्दा हुदैन भन्ने चेतनाको ख्याल नगरेकाले नियम उल्लंघन गर्नेको संख्या बढेको हो । यसलाई सुधार्छौं । जिल्ला ट्राफिकले हेलमेट नलगाउनेस“ग ५ सयदेखि १ हजार ५ सयसम्म जरिवाना र चालक अनुमति पत्र नभएकालाई १ हजारदेखि १ हजार ५ सयसम्म जरिवाना लिने गरेको जनायो । मोटरसाइकलमा ४ जनासम्म यात्रा गर्ने, सवारी चालक अनुमति पत्र नभएका र उमेर नै नपुगेकाले तीव्र गतिमा मोटरसाइकल चलाउनेको संख्या बढेको पाइएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_imgspot_img

भरखरै प्राप्त

Related Articles