प्रीमियरमा सन्नी नेपाल आउदै

काठमाण्डौ–बलिउड अभिनेत्री तथा आइटम गर्ल सन्नि लियोनी नेपाल आउने भएकी छिन् ।
सन्नी स्वयम्ले एक भिडियो सन्देश बनाएर आफू नेपाल आउन लागेको बताएकी छिन् । उनी नेपाली चलचित्र पासवर्डको प्रीमियरमा सहभागी हुन नेपाल आउन लागेकी हुन् । यस चलचित्रमा पनि उनले आइटम नृत्य गरेकी छिन् ।
सेप्टेम्बर ११ तारिखमा काठमाडौंमा हुने ग्राण्ड प्रीमियरमा सन्नी सहभागी हुने छिन् । भिडियोमा उनले चलचित्रको प्रोमोशनल इभेन्ट एण्ड प्रिमियरमा सहभागी हुन नेपाल आउन लागेको बताएकी छिन् ।

भिडियोको अन्तिममा उनले चलचित्रलाई सफलता शुभकामना दिएकी छिन् । चलचित्र सेप्टेम्बर १३ तारिख रिलिज हुदैछ । सन्नीले ३ दिन चलचित्रको प्रचारमा सहयोग गर्ने बुझिएको छ ।
सम्राट बस्नेतको निर्देशनमा बनेको चलचित्रमा अनुपबिक्रम शाहि, बिक्रम जोशी (विक्की), बुद्धि तामाङ, छुल्ठिम गुरुङ, बिक्रान्त बस्नेत, रबिन्द्र झा, प्रविण खतिवडा, लिशा सुनार, परि राना लगायतको मुख्य भूमिका रहेको छ । एक्सन थ्रिलर चलचित्रमा बिक्रम जोशी, हिरल जोशी र अमित बस्नेतले निर्माण गरेका हुन् ।

https://www.janasarokardainik.com/wp-content/uploads/2023/06/chapur-7-2.jpg