भन्सार छलेर ल्याउँदै गरेको अवैध कपडा बरामद

मोरङ १० भदौ । जिल्ला प्रहरी कार्यालय मोरङबाट खटिएको प्रहरी टोलीले भन्सार छलेर ल्याउँदै गरेको अवैध कपडा बरामद गरेको छ ।

मंगलबार प्रहरी टोलीले चेकजाँच गर्ने क्रममा बेवारिसे अवस्थामा भारतबाट भन्सार छली ल्याइएको अवैध कपडा बरामद गरेको हो ।

जिल्ला प्रहरी प्रवक्ता प्रहरी नायब उपरिक्षक कुमार खिउंजुका अनुसार प्रहरीले शर्ट १७३ पिस, लेडिज कुर्था ३० पिस, टप्स २१ पिस, सुरुवाल ५० सेट, कुर्था–सुरुवाल २० पिस गरी १ लाख १७ हजार ६ सय बराबरको कपडा फेला पारी आन्तरिक राजस्व कार्यालय विराटनगर पठाईएको छ । साभार रातोपाटी

https://www.janasarokardainik.com/wp-content/uploads/2023/06/chapur-7-2.jpg