गौर १२ भदौ । ठेक्का सकार गरेको कम्पनी र ठेकेकदारले सम्झौताअनुसार काम नगर्दा रौतहटको लालबकैयापारिका बन्जाराहा, औरैया, मठियालगायत गाउूका स्थानीयलाई सदरमुकाम गौरसंग जोड्ने गौर नगरपालिका-४, टिकुलिया घाटको पुल निर्माण चार वर्षदेखि ठप्प छ ।
पप्पु कन्स्ट्रक्सनले १४ करोड ९३ लाख २७ हजार १ सय पचास रुपै“या ठेक्का सकारेर २०७१ असार २९ गते पुल बनाउने सम्झौता गरेको भएपनि सम्झौताअनुसार २०७४ असार २५ गतेसम्ममा पुल बनिसक्नुपर्ने थियो । तर तत्कालीन ठेकेदार हरिनारायण रौनियारले पुलको काम बीचैमा छाडिदिएपनि पुल निर्माण अलपत्र अवस्थामा छ ।
सडक डिभिजन कार्यालय चन्द्रनिगाहपुरले काम सम्पन्न गर्न पप्पु कन्स्ट्रक्सनलाई पटक—पटक निर्देशन दिइसकेको छ । पटक—पटक काम सुरु गर्नु भनेको भएपनि ठेकेदारलगायत सबै जना सम्पर्कविहीन भएको कार्यालयले बताएको छ ।
यता बडहर्वा समनपुर, लालबकैया, राजपुर तुल्सीको झा“झपुल, चा“दी, भकुवा, वागमती, झा“झ र विश्रामपुरलगायत स्थानका दर्जन पुल निर्माणको काम समयमा सम्पन्न भएको छैन । कतिपय सम्झौता अवधि सकिूदासम्म आधा पनि काम हुन सकेको छैन ।
भकुवा नदीमा २०७४ मंसिरमा पुल बनिसक्नुपथ्र्यो तर पिल्लरको जग राख्ने काम मात्र भएको छ । बिटी टौदह म्यागलुङ कम्पनीले २०६९ जेठमा २ करोड ४९ लाखमा पुल निर्माणको ठेक्का पाएको थियो । झा“झ नदीमा २०७४ असारमा पुल निर्माण सम्पन्न हुनुपर्नेमा १५ प्रतिशत मात्र काम भएको छ । नीलगिरि नेसनल क्यानोन कम्पनीले २०७१ असारमा ५ करोड ५३ लाखमा ठेक्का सकारेको थियो ।
त्यस्तै विश्रामपुर-हजरिया जोड्ने पुलको काम सुस्त गतिमा भइरहेको डिभिजन कार्यालयले जनाएको छ । यही कात्तिक ३० गते सक्नुपर्ने काम ४० प्रतिशत मात्रै भएको छ । सपना निर्माण सेवाले २०७३ असारमा १० करोड ३४ लाखमा पुल निर्माणको ठेक्का पाएको थियो । त्यस्तै झा“झ नदीमा निर्माण हुदै गरेको राजपुर तुल्सी पिपरा पुलको अवस्था पनि उस्तै छ ।
२०७१ असार २९ गते सम्झौता भई २०७४ असार २१ मा निर्माण सक्नुपर्ने उक्त पुलको काम २० प्रतिशत मात्रै सकिएको जिल्ला प्रशासनले गृह मन्त्रालयलाई पठाएको प्रगति विवरणमा उल्लेख छ । मृतसञ्जीवनी निर्माण कम्पनीले ५ करोड ६७ लाखमा पुलको ठेक्का पाएको थियो । तराई-मधेस हुलाकी सडकअन्तर्गत रौतहट र सर्लाही जोड्ने बडहर्वास्थित वागमती नदीमा निर्माणाधीन पुल लामो समयदेखि अलपत्र छ । हुलाकी सडक आयोजनाअन्तर्गत पुल निर्माणको ठेक्का २०६७ सालमा लुम्बिनी बिल्डर्सले सकारेको थियो । तर काम भने पप्पु कन्स्टूक्सनले ग¥यो ।
डिजाइनमा त्रुटि रहेको भन्दै काम रोकिएपछि लामो समयदेखि पुल अलपत्र छ । २०६७ जेठमा ३५ करोड ९० लाखमा ठेक्का सम्झौता भएको पुलका १८ वटा पिल्लर मात्रै ठड्याइएको छ । ६ सय ३४ मिटर लामो पुलको काम २०७० सालमा काम सक्नुपर्ने थियो । ठेकेदारले पुरानो दररेटमा काम नगर्ने भनेपछि समस्या भएको पुल महाशाखाले जनायो । महाशाखा प्रमुख अर्जुन थापाले अहिलेसम्म ठेकेदारले काम सुरु नगरेको बताए ।
समनपुर-सर्लाही जोड्ने वागमतीको अर्को पुल निर्माणले पनि गति लिएको छैन । एलाइट निर्माण सेवाले निर्माण जिम्मा पाएको थियो । पछिल्लो समय सुस्त गतिमा काम भइरहेको छ। विभिन्न कारण देखाउ“दै निर्माण कम्पनीले म्याद थपका लागि निवेदन दिने गरेको सडक डिभिजन कार्यालयले जनायो । डिभिजनले पनि सम्झौता अवधिमा काम नसक्ने निर्माण कम्पनीको पटक-पटक म्याद थप गरिरहेको छ ।