प्रदेश नम्बर २ लोकसेवा आयोगको अध्यक्षमा नियुक्त प्राध्यापक डा. सुरेन्द्र प्रसाद यादवले पद तथा गोपनियताको सपथ लिएका छन् ।
आइतबार जनकपुरमा आयोजित एक समारोहमा उनलाई प्रदेश नम्बर २ का प्रमुख रत्नेश्वरलाल कायस्थले सपथ ग्रहण गराएका हुन् । नवनियुक्त यादवले सिराहा क्याम्पसमा लामो समय सम्म उपप्राध्यापकको रुपमा काम गरेका छन् भने नेपाल पत्रकार महासंघ सिरहा शाखाका साधारण सदस्य समेत हुन् ।
मुख्यमन्त्री लालबाबु राउत नेतृत्वको सिफारिस समितिले डा. यादवलाई प्रदेश लोकसेवा आयोग अध्यक्षमा नियुक्त गरिएको थियो । त्यस्तै प्रदेश नीति आयोगको उपाध्यक्षमा डा. भोगेन्द्र झालाई नियुक्त गरिएको छ । झालाई पनि सोही कार्यक्रममा नियुक्ति पत्र दिइएको हो ।
यसअघि नीति आयोगका उपाध्यक्ष हरिवंश झाले सार्वजनिक स्थलमा प्रदेश सांसदको आलोचना गर्दा प्रतिपक्षी कांग्रेसले प्रदेश सरकारसंग कारवाहीको माग गरेको थियो । सो पछि हरिवंश झाले राजीनामा दिएपछि भोगेन्द्र झालाई नियुक्ति गरिएको हो ।