रौतहट २३ भदौ । रौतहटको गुजरा नगरपालिकाको चौथो नगरसभा सम्पन्न भएको छ ।
जनप्रतिनिधि बिचको बिवादका कारण नगरसभा निर्धारित समय भन्दा ढिला सम्पन्न भएको हो । सरकारले तोके अनुसार सबै पालिकाले असाढ मसान्तमै नगर परिषद गरिसक्नुपथ्र्यो तर विभिन्न कारणले हुन नसकेको गुजरा नगरपालिकाको नगरसभा आईतवार भव्याताका साथ सम्पन्न भएको छ ।
नगरप्रमुख सन्तलाल चौधरीले चालु आर्थिक वर्ष २०७६/०७७ को लागि ४६ करोड भन्दा बढी बजेट प्रस्तुत गरेका छन । नगर प्रमुख सन्तलाल चौधरीले संघिय सरकारको वितिय समानिकरण १३ करोड ६८ लाख, संघिय सरकारको सर्शत अनुदान १२ करोड ९९ लाख, प्रदेश सरकारको वित्तिय समानिकरण ७५ लाख ५० हजार, प्रदेश सरकारको सर्शत अनुदान १ करोड, प्रदेश सरकारको विशेष अनुदान ३० लाख, प्रदेश सरकारबाट सम्पुरक अनुदान ४० लाख, राजश्व बा“डफा“डबाट ११ करोड २८ लाख, आन्तरिक आय तर्फ २ करोड ८९ लाख ३० हजार र गत वर्षको मौज्दात २ करोड ९३ लाख ७२ हजार ३२५ गरी कुल रकम ४६ करोड २३ लाख ५२ हजार ३२५ आय व्यय प्रस्तुत गरेका हुन ।
चालु आर्थिक वर्षमा चालु तर्फ २७ करोड १३ हजार ७६० र पुँजिगत तर्फ १९ करोड २३ लाख ३८ हजार ५७० खर्च हुने अनुमान गरिएको मेयर चौधरीले बताएका छन ।
नगरसभाले चालु आर्थिक वर्षको लागि नगरको आर्थिक विकास क्षेत्रमा ६६ करोड ४५ लाख, समाजिक विकास क्षेत्रमा १३ करोड ६ लाख ४६ हजार, पूर्वाधार विकास क्षेत्रमा १६ करोड ४९ लाख ८२ हजार, वातावरण तथा विपद् व्यवस्थापन क्षेत्रमा २३ लाख र सुशासन तथा अन्तर सम्बन्धित क्षेत्रमा १५ करोड ७७ लाख ७९ हजार रकम विनियोजन गरेको हो ।
नगरपालिकाकी उप प्रमुख नुरजहा खातुनको अध्यक्षता र नगर प्रमुख सन्तलाल चौधरीको प्रमुख आतिथ्यमा उक्त नगर परिषद सम्पन्न भएको हो ।