रौतहट २२ भाद्र । नेपाल प्रहरीको गस्ती टोलीले दुई साईकिलमा लोडेड भारतीय चल्ला सहित दुई तस्करलाई फतुवा बिजयपुर नगरपालिका वडा न। १ घुसुकपुरबाट पक्राउ गरेका छन ।
पक्राउ पर्नेहरुमा भारत मोतिहारी जिल्ला थाना झरौखर ग्राम पञ्चायत अठमुहान वडा न. ९ बस्ने बर्ष ३५ को जिम्दार राय यादव र सोही ठाउका बर्ष ३७ को ईनरदेव राय यादव रहेका छन ।
भारतबाट भन्सार छली नेपाल तर्फ भित्र्याएको १८०० कुखुराको चल्ला नियन्त्रण पश्चात स्थानिय पत्रकार, जिल्ला क्वारेनटाईन रौतहटको प्रतिनिधि एवं स्थानिय भद्रभलादमीहरुको उपस्थितिमा लालबकैया खोलाको बगरमा खाल्टो खनी नष्ट गरिएको र पक्राउ परेका दुवै जनालाई आईतवारका दिन गौर भन्सार कार्यालय बुझाईएको जिप्रका रौतहटले जनाएको छ ।