सीमा विवादको कारण चुरेका वासिन्दाको पहिचान गुम्दै

856

चन्द्रपुर,२९ भदौ ।
सीमा विवाद र वन कार्यालयको हस्तक्षेपको कारण रौतहटको उत्तरी क्षेत्र चुरे आसपासका वासिन्दाको पहिचान अन्यौलमा परेको छ ।
वषौंदेखि रौतहटबाटै सेवा सुविधा लिँदै आएका चुरे क्षेत्रका भोलनटार, इपिलघारी, अरुणवस्तीलाई पछिल्लो पटक रौतहटको गुजरा नगरपालिका र मकवानपुरको बकैया गा“उ पालिकाले आ–आफ्नो सीमा क्षेत्रमा परेको भन्दै दावी गरेपछि त्यहा“का वासिन्दाको पहिचान अन्यौलमा परेको हो । डिभिजन वन कार्यालय रौतहटले समेत वनको जमिन अतिक्रमण गरेर बसेको भन्दै उक्त क्षेत्रको पूर्वाधार विकासमा समेत अवरोध पु¥याएको छ ।
विकासको नाममा अति पछाडी परेको उक्त क्षेत्र चन्द्रपुर नगरपालिकाको वडा नम्बर ३ मा रहेको नगरपालिकाको प्रोफाइलले देखाउछ । पूर्व–पश्चिम राजमार्गको लमाहा जंगल क्षेत्रबाट करिब १० किलोमिटर उत्तरमा पर्ने चुरेको तटीय क्षेत्रमा बसोबास गरेका झण्डै तीन सय घरधुरी कुन जिल्ला र कुन पालिकामा पर्छ भन्ने कुरामा अन्यौल छ ।
भोलनटार, इपिलघारी र अरुणवस्तीका वासिन्दा मकवानपुर, सिन्धुली, बारा, काभे्रलगायतका स्थानबाट ०४४ सालमा स्थानान्तरण भएका हुन् । मकवानपुरले उक्त क्षेत्र आफ्नो सीमामा परेको दावी गर्दै आएको छ । यस सम्बन्धमा इपिलघारीका जेष्ठ नागरिक रामलाल वाइवा भन्नुहुन्छ, “चुनाव भन्दा अघि यहा“का मानिसलाई कहा“ गई भोट हाल्ने र आफु कहाका हौं भन्ने जानकारी नै थिएन । तीन वर्षअघि रौतहटको चन्द्रपुर नगरपालिकाले वडा नम्बर ३ को मतदाता नामावलीमा नाम राखेपछि मात्रै स्थानीयलाई रौतहटवासी भएको अनुभुति भयो ।
तर पनि मकवानपुरले दावी गर्न भने छोडेको छैन । चुनावपछि रौतहटकै गुजरा नगरपालिकाले यहाँका वस्ती गुजराको भू–भाग हो भन्दै दावी गरेको छ । यसरी सा“ढेको जुधाई बाच्छाको मिचाई भनेझैं चुरे तटका वासिन्दा रौतहटको दुई नगरपालिका, मकवानपुर जिल्ला र वन कार्यालय रौतहटको चेपुवामा परेका छन् ।”
चौतर्फी खिचातानीले उक्त क्षेत्रमा विकासका पूर्वाधार निर्माण समेत हुनै सकेको छैन । चन्द्रपुर नगरपालिका–३ ले सडक, विद्युत, खानेपानी, शिक्षालगायतको क्षेत्रमा विकासको कार्यक्रम गर्न खोज्दा डिभिजन वन कार्यालय रौतहटले वन क्षेत्रको जमिनमा कुनै पनि पूर्वाधार विकासका कार्य गर्न नपाउने प्रावधान भएको भन्दै अवरोध गरेको छ ।
विकासका पूर्वाधार निर्माण समेत नहुदा उक्त क्षेत्रका जनताको जीवनयापन असहज र कष्ठकर बनेको चन्द्रपुर नपा–३ का वडा अध्यक्ष बोधनाथ देवकोटा बताउनु हुन्छ । उहा“काअनुसार एकातिर गुजरा नपाले भोलनटार, इपिलघारी र अरुणवस्ती आफ्नो भू–भागमा परेको दावी गरेको छ । अर्कोतिर मकवानपुरको सीमा क्षेत्र भन्दै स्थानीयले नदीजन्य पदार्थको अबैध निकासीको प्रयास गरेको छ । यता चन्द्रपुर नपाले आफ्नो क्षेत्र भन्दै विकासका कार्य गर्न खोज्दा वनले अवरोध पु¥याएको छ । यस्तो अवस्थामा ती क्षेत्रका जनता आधारभूत आवश्यकताबाट समेत वञ्चित हुनु परेको अवस्था छ ।

https://www.janasarokardainik.com/wp-content/uploads/2023/06/chapur-7-2.jpg