काठमाण्डौ–कुनै समय भिलेन भनेपछि अलिकति डरलाग्दो, तर्सिने खालको, बिग्रेको अनुहार भएको सोचिन्थ्यो । तर, जब नेपाली फिल्ममा अभिनेता अनुपविक्रम शाहीको प्रवेश भयो तबदेखि भिलेनको परिभाषा नै बदलिएको छ । उनले भिलेनको भूमिका गर्ने कलाकार पनि हिरोभन्दा ह्यान्डसम हुन्छन् भन्ने नया“ मानक स्थापित गरेका छन् । अहिले नेपाली फिल्ममा ह्यान्डसम हिरोभन्दा ह्यान्डसम भिलेनको प्रवेश बढ्दो छ ।
अभिनेता अनुपले फिल्ममा भिलेन र हिरो दुबैखाले भूमिका निर्वाहा गरेका छन् ।
पुरानो बुलेट, वीर विक्रम, वीरांगना,जाइरा,कप्स लगायतका फिल्ममा उनले हिरो अर्थात् सकारात्मक भूमिका निभाए ।कृ,रानी, जय शम्भु,किंग लगायतका फिल्ममा उनी भिलेनको भूमिकामा प्रस्तुत भएका थिए । शुक्रबारबाट देशव्यापी प्रदर्शनमा आएको फिल्म पासवर्ड मा पनि उनी खतरनाक भिलेनको भूमिकामा देखिएका छन् ।
तर, उनलाई हिरोको भूमिकामा दर्शकले खासै रुचाइएको पाइदैन । कामको निकै प्रशंसा हुने गरेको छ । तात्तातो उदाहरण फिल्म कृ हो । यसमा उनी अभिनेता अनमोल केसीमाथि नै भारी परेका थिए । पर्दामा अत्याचारीको भूमिकामा राम्रो तारिफ बटुल्ने उनको अहिले नेपाली फिल्ममा लोभलाग्दो डिमान्ड छ, नेगेटिभ रोलमा । त्यसैले पारिश्रमिक पनि चर्को बुझ्छन, उनी एक फिल्मको ७ देखि ८ लाखसम्म दिन्छन् ।
सम्भावनाःनेपालमा कुनै सेलिब्रेटीले सामाजिक सञ्जाल चलाउनकै खातिर म्यानेजर राखेका छैनन् । कामको सहजताका लागि भने केहीले पर्सनल म्यानेजर राखेका छन्, त्यो पनि चल्तीका सीमित कलाकारले मात्र । तर, म्यानेजर नै राखे पनि सोसल नेटवर्किङ साइट्स भने आफैं चलाउछन् । अनुपलाई भने कामको व्यस्तताले फेसबुक चलाउन पनि म्यानेजर राख्नुपर्ने अवस्था आएछ । नेपाली कलाकारको प्रगति योभन्दा ठूलो अरु केही हुन सक्ला र ?