कर्मचारी दम्पत्तिको कार्य उदासिनताले टेलिकमका सेवाग्राही मर्कामा

चन्द्रपुर,२ असोज ।
सेवाग्राहीको गुनासो एवम् समस्या बुझ्न नेपाल टेलिकम, दुर सञ्चार कार्यालय चन्द्रनिगाहपुरमा राखिएको ल्याण्ड लाइन टेलिफोन नउठाउने प्रवृत्तिले गर्दा सेवाग्राही मर्कामा परेका छन् ।
सेवाग्राहीको सेवा तथा सुविधाको लागि टेलिकमले सञ्चालनमा ल्याएको ०५५–५४०१०१ नम्बरको टेलिफोन त्यहँ“ कार्यरत कर्मचारीले नउठाउने गरेको कारण सेवाग्राही मर्कामा परेका हुन् ।
टेलिकमको ग्राहक सेवा फा“ट तथा काउण्टरमा कार्यरत कर्मचारी कृष्ण महतो र उनकी श्रीमती रजनी महतोको कार्य उदासिनताले फोन नउठेको कारण अनावश्यक दुख भोग्नु परेको चन्द्रपुर नगरपालिका–४ चिडियादहका सेवाग्राही मधु पौडेलको अनुभव छ ।
सेवाग्राहीलाई लक्षित गरेर राखेको उक्त नम्बरको टेलिफोन नउठ्दा एडीएसएल इन्टरनेट जडान सम्बन्धि जानकारी लिन टेलिकम मै धाउनु परेको उनको गुनासो छ ।
यस्तै रौतहट गोरखापत्र समाचारदाता यादवराज पुरी भन्नुहुन्छ, “टेलिफोन एवम् इन्टरनेटको ब्यालेन्स तथा बक्यौता रकम बुझ्न उक्त नम्बरमा जति डायल गर्दा पनि नउठेपछि टेलिकम कार्यालय मै पुगेर सो को जानकारी लिनु प¥यो ।
टेलिफोन नउठेको विषयमा ग्राहक सेवा फाँटका कर्मचारी कृष्ण महतोसंग गुनासो गर्दा उनले दिन भरीमा सैयौं फोन आउछ कसको उठाउने कसको नउठाउने भन्ने गैरजिम्मेवारी अभिव्यक्ति दिए ।”
सेवाग्राही पौडेल र पुरी प्रतिनिधि पात्र मात्रै हुन् । उनीहरु जस्तै अन्य धेरै उपभोक्ताले टेलिकमबाट प्रभावकारी सेवा नपाएको गुनासो गरेका छन् ।
टेलिफोन तथा इन्टरनेटको बक्यौता रकम, सेवा प्रवाहलगायत अन्य सेवाको बारेमा जानकारी लिन फोन गर्दा फोन नउठ्ने तथा कार्यालय पुगेरै जानकारी लिन खोज्दा कर्मचारी महतो दम्पत्तिले सेवाग्राहीसंग रुखो तथा अभद्र व्यवहार गर्ने गरेको स्थानीय उपभोक्ताको आरोप छ ।
यस विषयमा जानकारी लिन जन सरोकार दैनिकका संवाददाता दिपु मिश्रले समेत ल्याण्डलाइनको उक्त नम्बरमा अनेकौं पटक डायल गर्दा रिंग गयो तर, फोन उठेन ।
तत्पश्चात टेलिकम पुगेका संवाददाता मिश्रले राखेको जिज्ञाँसामा कर्मचारी कृष्णले कार्यालयमा धेरै फोन छन्, कुन नम्बरमा कसको फोन आयो कसरी बुझ्नु भन्ने जवाफ दिए ।
एउटै कार्यालयमा श्रीमान् र श्रीमती कार्यरत हुदा कार्यालयको दैनिक काममा एकले अर्काको मुख ताक्ने गरेको कारण सेवा प्रभावकारी नभएको बताइएको छ ।
टेलिकम शाखाका प्रमुख अमरेशलाल कर्णले सेवाग्राहीलाई परेको मर्का बारे केही जवाफ दिन चाहेनन् । उल्टै कर्मचारी दम्पत्तिको कार्य उदासिनताको ढाकछोप गर्न लागे ।
टेलिकमले आफ्नो कार्यक्षेत्र भित्र ल्याण्डलाइन फोनका करिब आठ सय उपभोक्ता बनाएको छ ।
जसमध्ये करिब सात सय मात्र गतिशील छन् ।
यस्तै एडीएसएल इन्टरनेटका तीन सय ५० भन्दा बढी उपभोक्ता रहेको कार्यालयको अभिलेखमा उल्लेख छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_imgspot_img

भरखरै प्राप्त

Related Articles