नयाँ प्रोजेक्टका लागि साहिदको माग ३५ करोड

मुम्बई । बक्स अफिसमा फिल्म कबिर सिंहको सफलतापछि शाहिद कपुरले अहिलेसम्म आफ्नो नयाँ प्राजेक्टबारे जानकारी दिएका छैनन् ।

यसैबीच खबर आएको थियो कि शाहिदले तेलुगू नायक नानीको सुपरहिट फिल्म जर्सीको हिन्दी रिमेकका लागि स्विकारोक्ति दिएका छन् । यो फिल्मलाई अमन गिल, अल्लू अर्जुन र निर्माता दिल राजू मिलेर बनाइरहेका छन् । चर्चा छ कि यो फिल्मका लागि शाहिदले पारिश्रमिकको रुपमा ठूलो रकम पाएका छन् ।

रिपोर्टका अनुसार फिल्म कबिर सिंहको सफलतापछि शाहिद कपुरले आफ्नो पारिश्रमिकमा वृद्धि गरेका छन् । शाहिद कपुरले यो फिल्मका लागि पारिश्रमिकमात्रै नभई फिल्मको नाफाको शेयर पनि माग गरेका छन् । भारतीय मिडियाका अनुसार उनले पारिश्रमिकको रुपमा ३५ करोड भारु लिएका छन् । साथै, उनी नाफाको २० प्रतिशत सेयर पनि लिनेछन् ।

https://www.janasarokardainik.com/wp-content/uploads/2023/06/chapur-7-2.jpg