चन्द्रपुर ५ असोज । नेपालको ७७ जिल्ला माध्य रौतहट जिल्लाको शिक्षा अवस्था निकैनै नाजुक रहेको छ । स्थानिय सरकार चयन भए देखि केहि स्थानिय तहहरुमा अझै पनि अवस्था नाजुक रहेको छ ।
स्थानिय भने केहि तह हरुको सुधार हुदै छ । रौतहटका केहि बालबालिकाहरु बिध्यलय जान्छन भने त अधिकांश बालबालिकाहरु बिध्यलय जान बाट बन्चित भएका छन् । बालबालिकाहरु बिध्लयाय जाउन भनि चन्द्रपुर नगरपालिका शिक्षा शाखाले बिभिन्न प्रयास गरिरहेको छ भने समाजिक अभियन्ता रिक्सा चालक केदार प्रशाद तिमल्सिना पनि बिगत दश बर्ष देखि निरन्तर लागी रहेका छन ।
रिक्शाचालक केदार प्रशाद तिमल्सिनाले फेसबुक मार्फत बिभिन्न संघ सस्था मार्फत सहयोगको अपिल गर्ने गर्दछन ।देशलाई हाम्रो खाचो छ नामक संस्थाको सहयोगमा रिक्सा चालकले पैतिस जना बिपन्न,असल र जेहेन्दार बिध्यार्थीहरुलाई शैक्षिक र खेलकुद समाग्रीहरु बितरण गरेका छन् ।
चन्द्रपुर नगरपालिका वडा न ३ स्थित रहेको जनहित आधारभुत बिद्यायालयका ३५ बिध्यार्थीहरुलाई ३५ थान ब्याग,दुइ दर्जन कापिकलम, डटपेन तथा अन्य खेलकुद सामाग्रीहरु बितरण गरेका छन । पढ्ने चाहाना हुदाहुदै पनि शिक्षा बाट बन्चित भएका बिद्ययार्थीहरुलाई पढ्ने हौशाला बढोस भनि उक्त सामाग्री बितरण गरेको सामाजिक अभियन्ता रिक्शा चालक केदार प्रशाद तिमलसिनाले बताए ।
आफु सानो हुदा पढ्न नपाएको पिडा र पढाइ बाट कोहिपनि बन्चित नहुन भनि आफु निरन्तर यस्ता अभियानमा लागेको बताए ।यस भन्दा आघिपनि उनिले बिभिन्न समाजिक कार्य गर्दै आएका छन । आफु ज्याला मजदुरि गरे पनि उनि देशमा रहेको आफुजस्तै जनताहरुले भोगिरहेका पिडा निरणतर मलम लगाउदै आएका छन ।
यस्तै देशलाई हाम्रो खाचो छ नामक सस्थाका आध्यक्ष राजु गौतमले आफ्नो र आफ्नो सस्थाको तर्फबाट रौतहटको शिक्षामा सु्धार ल्याउनको निम्ति र आगामी दिनमा पनि सहयोग गर्न अनवरत लाग्ने प्रतिवद्दता जाहेर गर्नु भयो ।अभिवावकहरु सिप मुलक काममा लागेर भए पनि आफ्ना बालबालिका हरुलाइ शिक्षा बाट बन्चित नगर्न र बिध्यार्थीहरुलाई पनि शैक्षिक सामग्रीको सहि सदुपयोग गर्न अनुरोध गर्नु भयो । देशलाई हाम्रो खाचो छ सस्थाले मानवअधिकार,समाजिक बिकाश,शैक्षिक बिकाश र आन्य क्षेत्रमा काम गर्दै आएको छ ।
यस्तै चन्द्रपुर नगरपालिकाका शिक्षा शाखा प्रमुख दिपेन्द्र मणडल ले सविधान दिवसको दिन शिक्षा क्षेत्रमा गर्नु भएको सहयोगलाई सहयोगि सस्था र केदार प्रशाद तिमल्शिना लाइ बिशेष धन्यवाद दिनु भयो र आफु पनि शिाक्षाको अवस्था सुधार गर्न निरन्तर लागी रहेको बताए ।