हतियार ओसार-पोसार गर्ने चार पक्राउ

धनुषा ५ असोज । धनुषाबाट हातहतियारसहित चारजनालाई धनुषा प्रहरीले पक्राउ गरेको छ । जिल्लाको बिदेह नगरपालिका ६ का अविनाशकुमार मण्डलले घरमा लुकाई छिपाई राखेको अवस्थामा कटुवा पेस्तोलसहित चारजनालाई प्रहरीले पक्राउ गरेको हो ।

पक्राउ पर्नेहरुमा २५ वर्षीय मण्डलसहित बिदेह नपा ६ का २१ वर्षीय लक्ष्मी मण्डल खत्वे, १९ वर्षीय सोबिन मण्डल र सिरहाको औरही नपा ६ लरहिया घर भई सोही ठाउँ बस्ने ३५ वर्षीय मिश्रीलाल मण्डल रहेको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ ।

प्रहरीको विशेष सूचनाको अधारमा इलाका प्रहरी कार्यालय औरही र पहरी चौकी गिद्धाबाट खटिएको टोलीले खानतलासी मण्डलको घरबाट कटुवा पेस्तोलसहित पक्राउ गरेको हो ।

पक्राउ परेका चारैजनालाई आवश्यक अनुसन्धानपछि हतियार ओसार(पोसारमा संलग्न रहेकोमा मुद्दामा मुद्दा दर्ता गरी अनुसन्धान थालिएको प्रहरी उपरीक्षक शेखर खनालले जानकारी दिए । साभार अन्नपुर्ण

https://www.janasarokardainik.com/wp-content/uploads/2023/06/chapur-7-2.jpg