नक्कली सर्टिफिकेटधारी डाक्टरको बिगबिगी

रौतहट ६ असोज । रौतहटमा नक्कली प्रमाणपत्र बोकेर औषधी गर्ने डाक्टरहरुको बिगबिगि देदिन थालेको छ । अवैध झोलेछाप डाक्टरलाई सम्बन्धित निकायले अनुगमन गरी कार्यवाही नगरेका कारण जिल्लाको स्वास्थ्य क्षेत्रनै प्रभावित बन्दै जान थालेको छ ।

नेपाल मेडिकल काउन्सिलबाट स्वीकृति पाएपछि क्लिनिक संचालन गर्न सकिने कानूनी प्रावधान रहे पनि त्यसको विपरित लाइसेन्स विना झोलेछाप डाक्टरको विगविगी बढ्दै गएको छ ।

जिल्लाको गौर, गरुडा, कटहरिया, चन्द्रनिगाहपुरमा संचालनमा रहेको केही अस्पताल र क्लिनिकले अरुकै लाईसेन्सको भरमा व्यवसाय संचालन गर्दै बिरामी जाँच्ने देखी लिएर अबैध औषधी समेत दिएर बिरामी ठग्ने गरेको स्थानीयले बताएका छन् । विना अनुमति संचालित क्लिनिक,डेन्टल क्लिनिकमा झोले छाप डाक्टरहरु दर्जनौको संख्यामा रहेको छ ।

छिमेकी देशका गैरकानूनी डाक्टरहरु खासगरी जिल्लाका ग्रामिण क्षेत्रमा जरा गाडेर बसेको चन्द्रपुरका स्थानीय सुमन गौतमले बताए । नक्कली डाक्टरले विरामीहरुलाई हाइड्रोसिल अप्रेसन, हर्निया, बबासिर, भगन्दर, पेटको रोग, बाँझोपना, नपुंसकसता लगायत विभिन्न रोगको ग्यारेन्टीको साथ उपचार गरिन्छ भनेर विरामीहरुलाई झुक्याउने गरेको पाइएको भएपनि सम्बन्धित निकायले छानविन गर्ने तर्फ कुनै चासो नदिएका कारण बिरामी ठगिनु परेको गौतमको भनाई छ ।

झोलेछाप डाक्टरहरुले विना डिग्री हाइएन्टिबायोटिकको प्रयोग गरेर बिरामीहरुको स्वास्थयसंग खेलवाड गर्ने गरेको समेत पाइएको छ । रगत पिसाब, दिशालगायत अन्य परीक्षण नगरी तथा एन्टिबायोटिको मात्रा, दिने अवस्था, नदिने अवस्था, त्यसको साइड इफेक्टको जानकारी विना हचुवाको भरमा यस्ता झोले छाप डाक्टरहरुले विना अधिकार निर्धक्क भएर प्रयोग गर्ने गरेको पाइएको छ । विना अनुमति औषधी पसल संचालन गर्नु र जो पायो डाक्टर बनी उपचार गर्नु अवैधानिक कार्य भएको जिल्ला स्वास्थ्य कार्यालयका प्रमुख कृष्णा साहले बताए ।

प्रमुख साहले लाइसेन्स प्राप्तले मात्र क्लिनिक संचालन गर्नुपर्ने कानूनी प्रावधान रहेकाले चेकजाँज गर्न जाँदा डाक्टर सक्कली हुन या नक्कली हुन यकिन गरी सचेत रहन समेत आग्रह गरेका छन् ।

छिमेकी देशका गैरकानूनी डाक्टरहरु खासगरी जिल्लाका ग्रामिण क्षेत्रमा जरा गाडेर बसेको चन्द्रपुरका स्थानीय सुमन गौतमले बताए । नक्कली डाक्टरले विरामीहरुलाई हाइड्रोसिल अप्रेसन, हर्निया, बबासिर, भगन्दर , पेटको रोग, बाँझोपना, नपुंसकसता लगायत विभिन्न रोगको ग्यारेन्टीको साथ उपचार गरिन्छ भनेर विरामीहरुलाई झुक्याउने गरेको पाइएको भएपनि सम्बन्धित निकायले छानविन गर्ने तर्फ कुनै चासो नदिएका कारण बिरामी ठगिनु परेको गौतमको भनाई छ ।

झोलेछाप डाक्टरहरुले विना डिग्री हाइएन्टिबायोटिकको प्रयोग गरेर बिरामीहरुको स्वास्थयसंग खेलवाड गर्ने गरेको समेत पाइएको छ । रगत पिसाब, दिशालगायत अन्य परीक्षण नगरी तथा एन्टिबायोटिको मात्रा, दिने अवस्था, नदिने अवस्था, त्यसको साइड इफेक्टको जानकारी विना हचुवाको भरमा यस्ता झोले छाप डाक्टरहरुले विना अधिकार निर्धक्क भएर प्रयोग गर्ने गरेको पाइएको छ । विना अनुमति औषधी पसल संचालन गर्नु र जो पायो डाक्टर बनी उपचार गर्नु अवैधानिक कार्य भएको जिल्ला स्वास्थ्य कार्यालयका प्रमुख कृष्णा साहले बताए ।

प्रमुख साहले लाइसेन्स प्राप्तले मात्र क्लिनिक संचालन गर्नुपर्ने कानूनी प्रावधान रहेकाले चेकजा“ज गर्न जा“दा डाक्टर सक्कली हुन या नक्कली हुन यकिन गरी सचेत रहन समेत आग्रह गरेका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_imgspot_img

भरखरै प्राप्त

Related Articles