विदेशी सेना खाडीका लागी चुनौती, ईरानी राष्ट्रपति

इरानका राष्ट्रपति हसन रुहानीले विदेशी सेनाले खाडीको सुरक्षामा चुनौती थपेको आरोप लगाएका छन् ।

अमेरिकाले साउदी अरबमा सेना पठाउने घोषणा गरेपछि इरानी राष्ट्रपतिले यस्तो आरोप लगाएका हुन् । तेहरानमा आयोजित कार्यक्रममा बोल्दै रुहानीले विदेशी सेनाले सधैं दुःख र पीडा दिएको उल्लेख गर्दै खाडी क्षेत्रलाई हतियारको दौडका रुपमा प्रयोग नगर्न चेतावनी दिए ।

इरानी राष्ट्रपति रुहानीले विगतमा विदेशी सेनाले विनाश निम्त्याएको भन्दै उनीहरुलाई टाढै रहन सचेत गराए । साउदी तेल प्रशोधन केन्द्रहरुमा इरानले आक्रमण गरेको आरोप लगाउ“दै अमेरिकाले साउदीमा थप सेना पठाउने घोषणा गरेको छ । तर, इरानले आरोप अस्वीकार गरेको छ ।यमनमा सक्रिय हुथी विद्रोहीले आक्रमणको जिम्मेवारी लिएको छ ।

रुहानीले खाडीको शान्तिका लागि नया“ प्रयास संयुक्त राष्ट्रसंघमा प्रस्तुत गर्ने समेत बताए । गत वर्ष इरानसंगको विश्व शक्ति राष्ट्रले गरेको आणविक सम्झौताबाट अमेरिका अलग्गिएपछि अमेरिका र इरानबीच लगातार तनाब बढिरहेको छ । (एजेन्सी)

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_imgspot_img

भरखरै प्राप्त

Related Articles