रौतहटका हजारौं घरमा छैनन् शौचालय

रौतहट ६ असोज । पुस १४ गते २५ सयभन्दा बढी घरमा शौचालय नहुँदै रौतहट जिल्लालाई मुख्यमन्त्री लालबाबु राउतले खुला दिसामुक्त जिल्ला घोषणा गरे । बाढी प्रभावित बस्तीका दलित समुदायले निर्माण गरेका कच्ची शौचालय भत्किएका छन् ।

डुबानले पक्की शौचालयसमेत भत्किएका थिए। उनीहरू सडक किनारमा शौच गर्न बाध्य छन् ।
रौतहटमा एक लाख चार हजार ७६ घर धुरीमध्ये १८ हजार ७ सय ३३ घरधुरीमा अभियानपहिले नै शौचालय थियो । अभियान सञ्चालनको तीन वर्षमा ८२ हजार ७ सय ६७ घरधुरीमा शौचालय निर्माण भएको जिल्ला खानेपानी तथा सरसफाइ डिभिजनको दाबी छ ।

सयौं मुसहरका शौचालय डुबानमा परेका छन् । कतिपय जमिन अभावमा बनाउन नसकेर खुला स्थानमा शौच गर्न बाध्य छन् । राष्ट्रिय मुसहर उत्थान संघका केन्द्रीय उपाध्यक्ष नथुनी माझी मुसहरका अनुसार डोम समुदायको झुपडीमा शौचालय छैनन् । सुकुम्बासी भएकाले शौचालय बनाउन नसकेको डोम जातिका अगुवा विजय मली डोमले बताए । कतिपय परिवारलाई अधुरो सामग्री दिएर शौचालय बनाएको तथ्यांक छ । तीन महिनाअघिको बाढी तथा डुबानका कारण सयांै शौचालय भत्किएका छन् ।

खुला दिसामुक्त क्षेत्र बनाउन विभिन्न आईएनजीओले चार करोड ४७ लाख र सरकारले एक करोड ४७ लाख गरी ५ करोड ७४ लाख सहजीकरणबापत खर्च गरेका थिए । जिल्लामा १६ नगरपालिका र २ गाउ“पालिका छन् । ग्रामीण भेगमा रहेका सयौं घरमा शौचालय नभए पनि हचुवाका भरमा घोषणा गरिएको भन्दै धेरैले आलोचनासमेत गर्दै आएका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_imgspot_img

भरखरै प्राप्त

Related Articles