प्रचण्डद्धारा रेशम चौधरी छुट्ने संकेत

काठमाण्डौ ६ असोज । सत्तारुढ नेकपा कम्युनिस्ट पार्टी नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले टीकापुर घटनामा दोषी ठहर भई जेलमा रहेका सांसद रेशम चौधरी छुट्ने संकेत दिनुभएको छ ।

टीकापुर घटनालाई लिएर हालिएको झुटा मुद्दा खारेज गर्ने सैद्धान्तिक सहमति भइसकेको प्रचण्डले बताउनुभयो । सुनसरीमा आईतबार आयोजित जितिया महोत्सवलाई सम्बोधन गर्दै प्रचण्डले टीकापुर घटनाको सन्दर्भमा अस्ती भर्खर हामीले बालुवाटारमा छलफल गरेर सबै झुटा मुद्धा खारेज गर्नुपर्छ भन्ने सैद्धान्तिक निर्णयसहित खारेजीको प्रक्रिया अगाडि बढाउने सहमती गरेको बताउनुभयो ।

उहाँले केही समयपछि झुटा मुद्दाहरु खारेज हुन्छन् र बन्दी अवस्थामा रहेका थारुहरु केही समयपछि मुक्त हुने बताउनुभयो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_imgspot_img

भरखरै प्राप्त

Related Articles