कांग्रेसद्धारा गरुडामा सरकार बिरुद्ध प्रदर्शन

रौतहट ८ असाज । नेपाली कांग्रेसको दोस्रो चरणको राष्ट्रिय जागरण अभियान मंगलबार सम्पन्न भएको छ ।

देभरका प्रदेशसभा निर्वाचन क्षेत्रहरुमा बिरुवा रोपेर सुरु भएको जागरण अभियान ७७ वटै जिल्लामा सरकारविरुद्ध प्रदर्शन गरेर समापन भएको हो ।

समापनको दिनमा कांग्रेसले रौतहटमा सरकार विरुद्ध प्रर्दशन गरेको छ । सरकारको गैरसंबैधानिक कार्य बिरुद्ध नेपाली कांग्रेस रौतहटले मंगलबार बिरोध प्रर्दशन गरेको हो । जिल्लाको मध्यभागमा रहेको गरुडा बजारमा सरकारबिरुद्ध नाराबाजी सहित कांगे्रसले प्रर्दशन गरेको हो ।

महंगी नियन्त्रण गर, वाईडबडी छानबिन गर, भ्रष्टाचार नियन्त्रण गर जस्ता नारा लगाउ“दै गरुडा बजार परिक्र गरेको नेपाली कांग्रेस नेतृत्वको जुलुस मैथुर चौकमा कोण सभामा परिणत भएको थियो । सो बिरोधसभा लाई कपिलदेब सुप्रिहार, रमेश रिजाल, देब प्रसाद तिमल्सिना, सुनिल यादब, कृष्ण यादब लगायतका कांग्रेसका नेताले सम्बोधन गरेका थिए ।

नेताहरुले केपी ओली नेतृत्वको सरकार असफल भएको र जनता लाई कर लादेर सास्ती मात्र दिन सफल भएको आरोप लगाएका थिए । मंगलबार दिउ“सो १ बजे देखी गरुडा भएको बृहत जनप्रदर्सनमा हजारौंको उपस्थिती रहेको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_imgspot_img

भरखरै प्राप्त

Related Articles