नारामै सीमित ‘बेटी पढाऊ बेटी बचाऔं’

गौर ८ असोज । प्रदेश २ सरकारले गत वर्षदेखि तराई मधेसका जिल्लामा बेटी पढाऊ बेटी बचाऊ अभियानको सुरुवात गरेको थियो ।

शिक्षाको स्तर खस्किदै गएको र बालिका बिद्यालयबाहिर नहुन भनेर सुरुवात गरिएको नारा क्षणिक लोकप्रियताका लागी मात्र भएको आरोप लाग्न थालेको छ । प्रदेश २ सरकारले यो अभियानका लागि ठूलै धनराशि खर्च गरेको छ ।

प्रदेश २ मा मात्र ७ लाखको हाराहारीमा दलित समुदायको बसोबास रहेको अनुमान छ । यो समुदायका बालबालिकालाई विद्यालयप्रति आकर्षित गराउन मुख्यमन्त्री लालबाबु राउतको अभियानले असर पारेको देखिँदैन । यो अभियानले सार्थकता पाउन नसकेको धेरैको बुझाइ छ । उच्च शिक्षा हासिल गर्ने किशोर किशोरीलाई साइकल वितरण गरेर यसलाई नाममात्र दिने काम भयो । भित्री गाउँ, बस्ती त्यसमा पनि दलित समुदायमा यसले प्रवेश पाउन सकेको अवस्था छैन ।

प्रदेश २ स्वच्छन्ता अभियानका जिल्ला सयोजक रेवन्त झाले बेटी पढाऊ बेटी बचाऔं अभियान साइकलमा मात्र सीमित रहेको बताए । गाउँगाउँ पुगेर अभियानका बारे सबै समुदायलाई भन्नु पर्छ, अनि मात्र अभियानले सफलता पाउ“ने उनले बताए ।

किशोरीहरूलाई साइकल बा“डेर मात्र अभियान सफल नहुने उनको तर्क छ । कार्यक्रमका लागी न बजेट छ न कुनै ठोस कार्यक्रम नै । पछिल्लो समय जिल्लाका अधिकांश स्थानीयतहका मेयरले बेटी पढाऊ बेटी बचाऔं अभियानको नाम दिएर किशोरीहरूलाई साइकल वितरण गरेका थिए । यसले अभियानलाई सहयोग पुग्न नसक्ने स्थानियको भनाइ छ ।

दलित बस्तीमा अझै पनि बेटीहरू विद्यालय जान नसकेको सयोजक झा बताउ“छन् ।दलित विपन्न बस्तीमा बेटी बचाऔं बेटी पढाऔं अभियान पुगेको कहिं देदिएको छैन भन्दै जिल्लाका अधिकांश दलित बस्तीमा मुख्यमन्त्रीको अभियानबारे थाहा नभएको उनले तर्क गरे ।

चेतनगरकी कुन्ति मुसहर्नीले बेटी पढाऔं बेटी बचाऔं अभियानबारे केही थाहा नपाएको बताइन । आफुहरुलाई कसैले यस बारेमा नभनेका कारण केही थाहा नभएको उनी बताउँछिन । हुने खाने गाउँ सहरहरूमा मात्र यस्तो कार्यक्रम लागु हुने गरेको आफुले सुनेको उनले बताई न ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_imgspot_img

भरखरै प्राप्त

Related Articles