फरार प्रतिवादी ५ वर्ष पछि गौरबाट पक्राउ

गौर ८ असोज । हत्या गरेर फरार रहेका एकजनालाई रौतहट प्रहरी पक्राउले गरेको छ ।

५ बर्षअछि गौर नगरपालिका वडा नं. ०५ स्थित पोखरीया टोल वस्ने वर्ष ६० को जहिर अंसारीलाई गौर नगरपालिका वडा नं. १० सवगढा वस्ने वर्ष ५० को शेख रोज महम्मद र निजको छोरा वर्ष ३० को शेख प्रवेज बुवा छोरा मिलि धारिलो हतियार चक्कुले घाँटी काँटी हत्या गरेका थिए ।

हत्या पछि फरार रहेका बाबु शेख रोज लाई प्रहरीको बिशेष टोलीले मंगलबार पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय रौतहटले जानकारी दिएको छ । प्रतिबादी र मृतक विगत पहिले देखि नै साथी रहेकोले सगोलमा व्यापार व्यवासाय मासु काँटी वेच्ने काम गर्ने गर्थे । तर, प्रतिवादीहरुले मृतकको छोराहरुले घर बनाउनको लागि चार लाख पचास हजार मात्र रुपैया मृतकलाई दिएको र सो रकम मृतकको घरमा रहेको जानकारी पाई ५ बर्षअघि वेलुकाको समयमा मृतकको घरमा बुवा शेख रोज महम्मद र छोरा शेख प्रवेज गई धारिलो हतियार चक्कुले घा“टी काटी हत्या गरि उक्त कोठामा रहेको टिनको वाक्सा समेत तोडफोड गरि नगद लुटेर लगेका थिए ।

बिगत ५ वर्ष देखि भागी फरार रहेकोमा जिल्ला प्रहरी कार्यालयले विशेष सूचनाको आधारमा सोमबार वेलुकी गौर नगरपालिका वडा नं. ०२ महादेवपट्टी स्थित भारत बैरगेनिया तर्फ जाने सडकबाट पक्राउ गरि थप अनुसन्धानको लागि जिल्ला अदालत रौतटबाट मा म्याद थप गराई थप अनुसन्धान अघि बढाईएको प्रहरीले जानकारी दिएको छ ।

https://www.janasarokardainik.com/wp-content/uploads/2023/06/chapur-7-2.jpg