लागुऔषध मुद्दामा फरार महतो पक्राउ

सर्लाही ९ असोज । सर्लाही प्रहरीले लागुऔषध मुद्दामा फरार रहेका प्रतिवादीलाइ बुधबार पक्राउ गरेको छ ।

लागुऔषध मुद्दामा अनुसन्धानको क्रममा म्याद थपको लागि गत भदौ २२ सर्लाही जिल्ला अदालतमा लगि म्याद थप पश्चात अदालतबाट बाहिर निस्कने क्रममा अदालत कम्पाउण्डबाट भागि फरार रहेका हरिवन नगरपालिका ५ घुर्कौलीका महिन्द्र महतोलाई प्रहरीले पुनः पक्राउ गरेको हो ।

प्रतिवादी परिवारको सदस्य, स्थानीय जनप्रतिनिधिको र भारतीय प्रहरीको समन्वयमा सर्लाही प्रहरीले भारतको पञ्जाव जलन्धरबाट पक्राउ गरेको प्रहरीले जनाएको छ । पक्राउ प्रतिवादी महतोलाई पुनः म्याद थप गरी लागुऔषध मुद्दामा तथा थुनाबाट भागि फरार भएको कसुरमा अनुसन्धान शुरु गरिएको प्रहरीले जनाएको छ ।

महतोलाइ भदौ २० हरिवन ११ बाट ट्राफिक पोष्ट अगाडिबाट लागु औषध नाइट्राजेपाम–१० लेखिएको १४८ वटा ट्यावलेटसहित पक्राउ गरेका थिए ।

https://www.janasarokardainik.com/wp-content/uploads/2023/06/chapur-7-2.jpg