चन्द्रपुर ९ असोज । परम्परागत खाना पकाउने उर्जा श्रोतहरुबाट वातावरण तथा जनमानसमा पर्ने प्रभाव तथा त्यसका निवारणका उपाय सम्बन्धि अभिमुखिकरण तथा प्रदर्शनी कार्यक्रम सम्पन्न भएको छ ।
बिहिबार चन्द्रनिगाहपुर स्थित पशुपती होटलमा नविकरणीय उर्जा, खानेपानी तथा सरसफाई प्रबर्धन केन्द्रको आयोजना र नेपाल सरकार उर्जा, जलस्रोत तथा सिंचाई मन्त्राल बैकल्पिक उर्जा प्रवर्दन केन्द्र(एपेक) तथा क्लिन कुकिंग अलायन्सको सहयोगमा भएको उक्त कार्यक्रम सम्पन्न भएको हो ।
स्थानीय सरकार र प्रमुख सरोकारवालाहरुसंग राष्ट्रिय वायोग्यास उर्जा रणनीति साझा गर्ने प्रमुख उदेश्यका साथ वैकल्पिक उर्जा मार्फत धु“वारहित घर बनाउन कार्यक्रम संचालन गरिने आयोजक संस्थाले जनाएको छ ।
प्रदेश २ का ८ वटै जिल्लामा हाल ५६ प्रतिशत भन्दा बढी भान्सामा दाउरा र गुईडाको प्रयोग भईरहेका कारण त्यसले वातावरण र मानव स्वास्थ्यमा नकारात्मक असर पारिरहेका कारण नेपाल सरकारले गु“ईठा प्रतिस्थापन कार्यक्रम अन्तर्गत करिब २ करोड ५० लाख रुपैया बैकल्पिक उर्जामा खर्च गर्ने आयोजक संस्थाले कार्यक्रममा जानकारी दिएको छ ।
संस्थाले स्थानीय सरकारसंग समन्वय गरेर वायोग्यास, विधुतीय चुल्हो, सुधारिएको चुल्हो प्रयोगमा ल्याई स्वच्छ र धु“वारहित घर, समाज बनाउने उदेश्यका साथ कार्यक्रम संचालन हुने बताएको छ ।
अन्य उर्जाको तुलनामा खाना पकाउन प्रयोग गरिने एmपी ग्या“सको खपत ५.८ प्रतिशत मात्र रहेकाले धेरै गृहिणी अझै पनि परम्परागत शैलीका उर्जा प्रयोग गर्न बाध्य रहेकाले वायोग्याँस, विधुतीय चुल्हो, सुधारिएको चुल्होको प्रयोग बढाउन संस्था केन्द्रित हुने जनाईएको छ ।
कार्यक्रममा चन्द्रपुर,गरुडा र मौलापुर नगरपालिकाका प्रमुख तथा प्रमुख प्रशासकिय अधिकृत,उर्जाको क्षेत्रमा काम गर्ने संस्थाका प्रतिनिधि,विधुत,स्वास्थ्य संस्था तथा पत्रकारहरुबिच अन्तक्रिया भएको थियो ।
प्रदेश २ का ८ वटै जिल्लामा हाल ५६ प्रतिशत भन्दा बढी भान्सामा दाउरा र गुई“डाको प्रयोग भईरहेका कारण त्यसले वातावरण र मानव स्वास्थ्यमा नकारात्मक असर पारिरहेका कारण नेपाल सरकारले गु“ईठा प्रतिस्थापन कार्यक्रम अन्तर्गत करिब २ करोड ५० लाख रुपैया बैकल्पिक उर्जामा खर्च गर्ने आयोजक संस्थाले कार्यक्रममा जानकारी दिएको छ ।
संस्थाले स्थानीय सरकारसंग समन्वय गरेर वायोग्यास,विधुतीय चुल्हो,सुधारिएको चुल्हो प्रयोगमा ल्याई स्वच्छ र धु“वारहित घर,समाज बनाउने उदेश्यका साथ कार्यक्रम संचालन हुने बताएको छ ।
अन्य उर्जाको तुलनामा खाना पकाउन प्रयोग गरिने एmपी ग्या“सको खपत ५.८ प्रतिशत मात्र रहेकाले धेरै गृहिणी अझै पनि परम्परागत शैलीका उर्जा प्रयोग गर्न बाध्य रहेकाले वायोग्याँस, विधुतीय चुल्हो, सुधारिएको चुल्होको प्रयोग बढाउन संस्था केन्द्रित हुने जनाईएको छ ।
कार्यक्रममा चन्द्रपुर, गरुडा र मौलापुर नगरपालिकाका प्रमुख तथा प्रमुख प्रशासकिय अधिकृत, उर्जाको क्षेत्रमा काम गर्ने संस्थाका प्रतिनिधि, विधुत, स्वास्थ्य संस्था तथा पत्रकारहरुबिच अन्तक्रिया भएको थियो ।