सलमान खानलाई ज्यान मार्ने धम्की

बलिउड अभिनेता सलमान खानले मार्ने धम्की पाएका छन् । धम्कीको खबर फेसबुकमार्फत भाइरल भएपछि प्रहरीले अनुसन्धान सुरु गरेको छ ।

पञ्जाब विश्व विद्यालयको विद्यार्थी संगठन सोपू भित्रको एक समूहको फेसबुक पेजमा गैरी शूटर नामक युवकले सलमान खानको चित्रमा रातो क्रस लगाएर मार्ने धम्की दिएका छन् । यसअघि अपराधी नाइके लरेन्स बिश्नोईले पनि सलमान खानलाई ज्यान मार्ने धम्की दिएका थिए ।

धम्कीका कारण खानलाई पञ्जावको अदालतमा र बाटोमा पनि सुरक्षा दिइएको थियो थियो । आगामी डिसेम्बर २७ मा सलमान खानलाई जिल्ला जोधपुर न्यायालयमा पेश हुनुपर्ने समय दिइएको छ । सीजेएम ग्रामिण अदालतले खानलाई पाच वर्षको जेल सजाय सुनाएपछि उनले अपिल गरेका थिए । सोही अपिलमा आगामी सेप्टेम्बर २७ मा सुनुवाई हुन लागेको हो ।

सलमान खानलाई मार्ने धम्की दिने पञ्जाब विश्वविद्यालयका युवकले फेसबुकमा लेखेका छन्,सलमान खान तिमी भारतको कानुनबाट त बच्लाउ तर बिश्नोई समाज र सोपु पार्टीको कानुनले तिमीलाई सजाय सुनाइसकेको छ । सोपूको अदालतमा तिमी दोषी छौ सलमान ।
य पोस्ट भाइरल भएपछि प्रहरीले यस मामिलामा जाँच सुरु गरेको थियो ।

जोधपुर डीसीपी धर्मेन्द्र यादवले कुनै सेलिब्रेटीलाई अदालतमा पेश गर्ने बेला पूर्ण सुरक्षा दिने बताए । खासमा कांकाणी शिकारको मुद्दापछि सलमान खानलाई यसअघि पनि ज्यान मार्ने धम्की धेरैपटक आएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_imgspot_img

भरखरै प्राप्त

Related Articles