रौतहट १० असोज । रौतहटको फतुवा विजयपुर नगरपालिकामा नगरपरिषद् हुन नसक्दा नगरका शिक्षक र कर्मचारी आन्दोलित छन् ।
मुलुकका सबै स्थानीय तहले असार १५ गतेसम्म नगरपरिषद् गरिसक्नु पर्ने प्रावधान रहेपनि उक्त नगरपालिकाले हालसम्म परिषद् गर्न नसक्दा दशैं जस्तो चाडमा तलव भत्ता नपाउने भएपछि शिक्षक र कर्मचारी आन्दोलित भएका हुन् ।
परिषद् हुन नसक्नुमा नगरका मेयर गोपाल राय यादव भन्छन्, लेखा अधिकृत पवन कुशवाहाले गत आर्थिक वर्षको करिव तीन करोड रुपिया“को हिसावकिताव देखाउन नसक्दा परिषद् रोकिएको हो । यसमा प्रमुख प्रशासकीय अधिकृत रञ्जना साह समेतको मिलोमतो रहेको आशंका छ । लेखा अधिकृत कुशवाह र प्रमुख प्रशासकीय अधिकृत साह दुबैले हरहिसाव नदेखाए सम्म परिषद् हुन सक्दैन ।
परिषद् नहु“दा नगरको विकास निर्माण काम प्रभावित त भएकै छ । नगरका कर्मचारी तथा शिक्षकले समेत तलव खान पाएका छैनन् । कर्मचारीले चालु आर्थिक वर्षको साउनदेखि नै तलव खान पाएका छैनन् भने शिक्षकले गत आर्थिक वर्षको असारदेखि नै तलव पाउन सकेका छैनन् । माध्यमिक विद्यालय विजयपुरका प्रधानाध्यापक सुदामा यादवले परिषद् नभएको कारण देखाई शिक्षकको तलव रोक्नु अन्याय भएको बताए ।
शिक्षकको तलव भत्ता सशर्त अनुदान भएकोले यसको लागि परिषद् आवश्यक नहुने उनको तर्क छ । नगरपालकाका लेखा अधिकृत कुशवाहाले शिक्षकको तलव भत्तासहितको आर्थिक प्रतिवेदन कोष तथा लेखा नियन्त्रकको कार्यालयमा पेश नगरेको कारण तलवबाट वञ्चित हुनु परेको शिक्षक संघका अध्यक्ष रामकृपाल यादवले बताए । दशैंको मुखमा नगरपरिषद् नभएको कारण देखाई तलव भत्ता रोकिएमा सशक्त आन्दोलनमा उत्रने नगरका शिक्षकको चेतावनी छ ।
यता परिषद् नभएकै कारण साउन महिनादेखि नगरपालिकाका कुनै पनि कर्मचारीले तलव खान नपाएको प्रमुख प्रशासकीय अधिकृत साहको गुनासो छ । उहनकाअनुसार नगरका मेयर यादवले नगरसभा गर्न नचाहेको कारण नगरको दुरावस्था भएको हो । तलव नपाउ“दा चाडबाड नजिकिएसंगै संघारमा आएको दशैं पर्व कसरी मनाउने भन्ने चिन्ता लागेको नगरका कर्मचारी बताउ“छन् । दशैं जस्तो महान चाडमा तलव उपलब्ध भएन भने नगरपालिकाको सम्पूर्ण कामकाज ठप्प पार्ने कर्मचारीको चेतावनी छ ।
नगरमा आधारभूत र मावि गरी ३० वटा सामुदायिक विद्यालयका एक सय ५० भन्दा बढी शिक्षक र सोहीको हाराहारीमा रहेका नगरकर्मचारी दशैं मान्न नपाउने हो की भन्ने चिन्तामा छन् । यता मेयर यादवले लेखा अधिकृत कुशवाहा दुई महिनादेखि कार्यालयमा नआएको कारण परिषद् प्रभावित बनेको बताए ।
लेखा अधिकृत यादव गौर नगरपालिकाको समेत लेखापाल भएका कारण उनले दुबै पालिकामा एकैसाथ समय दिन नसकेको नगरपालिकाका कर्मचारी बताउ“छन् ।