कटहरिया नगरपालिकामा तोडफोड

रौतहट १० असोज । रौतहटको कटहरिया नगरपालिकामाशुक्रबार तोडफोड भएको छ । नगरपालिकाको कार्यालयमाशिक्षक सरुवाको विषयलाई लिएर विद्यार्थीहरुले तोडफोड गरेका हुन ।

नगर कार्यपालिकाको बिहिबार बसेको बैठकले नगर अन्तर्गत रहेकोमावि भसेढवाका प्रधानाध्यापक राममंगल प्रसादयादव सहित ९ जनाशिक्षकलाई अन्यत्र सरुवागर्ने निर्णय गरेको थियो । निर्णयको बिरुद्धमा एक स्थानबाटअर्को स्थानमाशिक्षकलाई सरुवा गरेको भन्दै सो नगरपालिकाअन्तर्गतकाविद्यार्थीहरुले एकाविहानै नगरपालिकाको कार्यालयमातोडफोड गरेकाहुन ।

आक्रोशितविद्यार्थीहरुले एक दर्जन कम्युटर, ल्यापटप र ५० भन्दा बढी कुर्सी तोडफोड गरेका छन् । कार्यालयमाभएको दराज, सिसिटिभी क्यामरा, झयाल, ढोकासमेत उनिहरुले तोडफोड गरेको सबैमातोडफोड गरेका छन ।

विद्यार्थीको समुहले नगरपालिकाको महत्वपूर्ण कागजातहरु च्यातेर फालिदिएको नगरपालिकाले जनाएको छ ।


Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *