जनज्योतीको ७ औं साधारण सभा सुरु,संचालक समितिका लागी भोली निर्वाचन हुने

न्द्रपुर। जनज्योती बहुमुखी क्याम्पस चन्द्रपुर —६ को सातौं साधारणसभा सुरु भएको छ । क्याम्पसको सभाहलमा आज रौतहट क्षेत्र नम्बर ४ का प्रतिनिधिसभा सदस्य देव प्रसाद तिमलसिनाले पानसमा बत्ती बालेर साधारणसभाको उद्धाटन गर्नुभएको हो । साधारण सभा भोलीसम्म चल्नेछ । आज साधारणसभामा नीति तथा कार्यक्रम, आर्थिक प्रतिबेदन प्रशासनिक, शैक्षिक, भौतिक तथा आर्थिक क्षेत्रको नीति तथा कार्यक्रम प्रस्तुत हुने छन । साधारणसभाले नयाँ संचालक समिति समेत चयन गर्नेछ । आज सहमतीमा संचालक समिति चयन गर्ने कार्याक्रम रहेको भएपनि सहमति हुनेमा आशंका छ । सहमती नभएको खण्डमा भोली सोमबार नेपाली कांग्रेसका तर्फबाट संजय कार्की र नेकपाका तर्फबाट एकराज थापा अध्यक्ष पदका लागी चुनावी अभियानमा लाग्ने समाचार स्रोतले जानकारी दिएको छ ।

https://www.janasarokardainik.com/wp-content/uploads/2023/06/chapur-7-2.jpg