आलमलाई अदालत लगियो

रौतहट,३ कात्तिक । २०६४ सालमा राजपुरमा भएको भनिएको बम बिष्फोट र हत्याका आरोपीत, निलम्बित सांसद मोहम्मद अफताब आलमलाई आज रौतहट जिल्ला अदालतमा पेश गरिएको छ । प्रहरी हिरासतमा रहनुभएका आलमले बयानमा सहयोग नगरेपछि आज फेरि म्याद थपका लागि अदालतमा पेश गर्न लागिएको जिल्ला प्रहरी कार्यालय रौतहटका प्रमुख एसपी भुपेन्द्र खत्रीले जानकारी दिनुभयो । अदालतले गत आइतबार आलमलाई थुनामा राखि अनुसन्धान गर्न दिएको म्याद हिजो ने सकिएको छ । सात दिनको अवधिमा सांसद आलमले आफू बिरामी रहेको र कानूनी सल्लाहकारबिना बयान नदिने अडान राखेपछि प्रहरीले बयान लिन नसकेको एसपी खत्रीले जानकारी दिए । आलमले अनुसन्धानमा सहयोग नगरेका कारण म्याद थपका लागि अदालतमा पेश गर्नुपर्ने कानूनी बाध्यता परेको खत्रीले बताए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_imgspot_img

भरखरै प्राप्त

Related Articles