अदालतद्वारा म्याद थप,आलम ५ दिन प्रहरी हिरासतमै रहने

२०६४ चैत २७ गते राजपुरमा भएको भनिएको बम बिष्फोट र हत्याका आरोपीत, निलम्बित सांसद मोहम्मद अफताब आलमलाई आज रौतहट जिल्ला अदालतले थप ५ दिनको म्याद थप गरेको छ ।
प्रहरीलाई थप अनुसन्धान गर्नका लागी अदालते ५ दिनको म्याद थप गरेको प्रहरीले जानकारी दिएको छ ।
प्रहरी हिरासतमा रहनुभएका आलमले बयानमा सहयोग नगरेपछि आज फेरि म्याद थपका लागि अदालतमा पेश गरिएको थियो ।
अदालतले गत आइतबार आलमलाई थुनामा राखि अनुसन्धान गर्न दिएको म्याद हिजो नै सकिएको थियो । सात दिनको अवधिमा सांसद आलमले आफू बिरामी रहेको र कानूनी सल्लाहकारबिना बयान नदिने अडान राखेपछि प्रहरीले बयान लिन नसकेको जिल्ला प्रहरी कार्यालय रौतहटका प्रमुख एसपी भुपेन्द्र खत्रीले जानकारी दिनुभयो ।

https://www.janasarokardainik.com/wp-content/uploads/2023/06/chapur-7-2.jpg