काठमाण्डौ–नेपाल विद्यार्थी संघका निवर्तमान अध्यक्ष नैनसिंह महरले मेडिकल शिक्षा सुधार लगायत सात बुदे माग सहित सोमबार देखि आफ््नो १७ औं अनसन थालेका डा. गोविन्द केसीको मागमा ऐक्यबद्धता जनाएका छन् ।
नेपालको शिक्षा र स्वास्थ्यमा सवै जनताको समान पहुँच पुर्याउन शिक्षा र स्वास्थ्य पुर्ण रुपमा सरकारी हुनुपर्दछ भन्ने लामो समय देखि आफू स्पष्ट धारणा राख्दै आएको बताउदैं नेता महरले अभियान्ता केसीको मागमा आफ्नो गम्भीर ध्यानाकर्षण भएको समेत बताएका हुन् ।
माथेमा आयोगको प्रतिवेदन अनुसार डा. केसीको माग सम्बोधन गर्न तत्कालिन नेपाली का“ग्रेस नेतृत्वको सरकारले ल्याएको चिकित्सा शिक्षा उभिएको बिधेयक संचालकहरुको प्रभावमा परेर वर्तमान नेकपा सरकारले संशोधन गरेर माफियाकरण लाई प्रसय दिएको कुरा घाम जस्तै छर्लंग रहेको नेता महरको भनाई छ ।
काण्डै काण्डको जगमा उभिएको कम्युनिस्ट सरकारले पछिल्लो पटक बिश्वबिद्यालय जस्तो प्राज्ञिक थलोमा समेत कम्युनिष्टकरण गरेर धावा बोल्ने काम गरेको भन्दैं उनले सरकारको उक्त कदमको निन्दा समेत गरेका छन् ।
नेपाल मेडिकल काउन्सिलको मापदण्ड अनुसार चल्न नसक्ने मेडीकल कलेज संचालकहरु लाई उचित क्षतीपूर्ति दिएर सरकार स्वंंयमले कलेज आफै संचालन गर्ने हिम्मत देखाउनुपर्ने उनको धारणा छ । गृहनगर डडेल्धुरामा डा. केसीको मेडीकल शिक्षा सुधारको मागसहित चालु अनशनमा साथ र समर्थन रहेको प्रष्ट पार्न चाहान्छु, नेता महरले भने ।
मेडिकल शिक्षा र अन्य केही सुधारलगायतका सात बुंदे माग सहित अभियन्ता डा. गोबिन्द केसीले सोमबार देखि आफ्नो १७ औं अनशन थालेका छन् ।
डा.केसीको १७ औं अनसन,नेबिसंघका नेता महरको ऐक्यबद्धता
https://www.janasarokardainik.com/wp-content/uploads/2023/06/chapur-7-2.jpg