नवराज कोईराला
२३ कार्तिक, मकवानपुर ।
प्रेस युनियन मकवानपुरको आयोजनामा १ दिने प्रशिक्षण तथा पत्रकारिता तालिम सम्पन्न भएको छ ।कार्यक्रमको प्रमुख अतिथि एवं प्रशिक्षक नेपाल पत्रकार महासंघ पूर्व अध्यक्ष धर्मेन्द्र झा र न्यूनतम पारिश्रमिक निर्धारण समितिका अध्यक्ष गंगाधर पराजुलीले संयुक्त रुपमा उदघाटन गरेका छन् ।
कार्यक्रममा प्रेस युनियन पूर्व महासचिव पोषण केशी, प्रेस प्रेसर युनियन मध्यमाञ्चल संयोजक राममणि दाहाल,नेपाली कांग्रेस मकवानपुरका प्रवक्ता प्रदिप कोइराला, कांग्रेस थाहा नगरपालिका सभापति योगेन्द्रमान श्रेष्ठ लगायतको उपस्थिति रहेको थियो ।
मकवानपुरको पर्यटकिय क्षेत्र थाहा नगरपालिका ९ चित्लाङमा सुरु भएको प्रशिक्षण तथा तालिममा नेपाल पत्रकार महासंघका पुर्व अध्यक्ष धर्मेन्द्र झा, न्युनतम पारिश्रमिक निर्धारण समितिका अध्यक्ष गंगाधर पराजुली, नेपाल पत्रकार महासंघ पुर्व महासचिव पोषण केशी, प्रेस युनियन केन्द्रीय सदस्य एवं मध्यमाञ्चल संयोजक राममणि दाहाल,नेपाली कांग्रेस मकवानपुरका प्रवक्ता प्रदीप कोइराला लगायतकाले प्रशिक्षणमा सहभागी मकवानपुरे ६० युनियन आवद्ध पत्रकारहरुलाई प्रशिक्षण दिईएको युनियन अध्यक्ष कुमार अधिकारीले बताए ।


