रौतहटमा टिपर आतंकःट्राफिक प्रहरी मौन

चन्द्रपुर,२३ कात्तिक ।
पछिल्लो समय रौतहटमा टिपर आतंक बढ्दै जान थालेको छ । सडकमा हिड्डुल र यात्रा गर्ने अधिकांश नागरिकमा जुनसुुकै समयमा पनि टिपरका कारण मृत्युको मुखमा पर्न सक्नेमा भयभित छन् ।
जिल्लामै टिपर चालकको दादागिरीले सर्वसाधारण आतंकित छन् ।
पैदल यात्रु, मोटरसाइकल चालक वा गाडी चालक जोसुकै पनि नजिकैबाट टिपर हुइकिएर आउदा लामो सास फेर्न विवश छन् ।
अनियन्त्रित गति र लापर्बाहीका कारण टिपरको ठक्करले मानिसको मृत्यु हुने क्रम बढे पनि जिल्ला ट्राफिक कार्यालय चन्द्रनिगाहपुरले नियन्त्रण गर्न सकेको छैन ।
सडकमा टिपर आउदा ज्यानै लिन आएजस्तो असुरक्षित महसुस हुने यात्रुहरुको भनाई रहेको छ ।
रोडा, बालुवा, गिटीजस्ता निर्माण सामग्री ओसारपसारमा उपयोग गरिने टिपरलाई ट्राफिक प्रहरीले समेत विशेष निगरानीमा राख्न सकेको छैन ।
जसका कारण पैदय यात्रु, दुईपांग्रे सवारी र चारपांग्रे सवारी समस्यामा पर्ने तथा आतंकित बन्ने गरेका छन् ।
ट्राफिक प्रहरीले दुर्घटनाको कारण अनियन्त्रित गति र चालकको लापर्बाही नै भएको ठहर गरेको छ । यस्ता अधिकांश दुर्घटनाको कारण भने चालकको लापर्बाही, अनियन्त्रित गतिमा सवारी चलाउने र ओभरटे हुने गरेको जिल्ला ट्राफिक कार्यलयका प्रमुख शैलेस न्यौपानेले बताएका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_imgspot_img

भरखरै प्राप्त

Related Articles