नेपाल सरकारलाई आलम पक्षका अधिबक्ताको चुनौती,कपोकल्पित र मिडिया ट्रायलका आधारमा आलममाथी मुद्धा

गौर,२५ कात्तिक ।
नेपाली कांग्रेसका नेता ,पुर्व मन्त्री तथा निलिम्बित सांसद मोहम्मद अफताव आलब ३० दिनदेखि प्रहरी हिरासतमा छन् ।
उनीमाथी २०६४ साल चैत २७ गते पहिलो संबिधानसभाको निर्वाचनको पुर्वसन्ध्यामा राजपुरमा भएको भनिएको बम बिस्फोट र त्यसपछि घाईतेलाई ईट्टा भट्टामा जलार्ईएको भन्दै ३ वटा अभियोग लगाएर सरकारको तर्फबाट रौतहट जिल्ला अदालतमा दर्ता भएको छ । उनिबिरुद्दको मुद्धामा पहिलानै मुद्धा चलाउन आवश्यक नरहेको ठहर गर्दै स्वयम् सरकारी वकिलको कार्यालय रौतहटले निर्णय समेत गरेको अवस्थामा १२ बर्षपछि नेता आलमलाई पक्राउ गरेर पुन मुद्दा चलाईएको अवस्था छ ।
आलमको पक्ष र विपक्षमा देशका नाम चलेका बिभिन्न अधिबक्ताहरु यतिबेला अदालतमा बहस गरिरहेका छन् । आलको पक्षमा सोमबार ४ जना अधिबक्ताले यतिबेला थुनछेक बहस गरिरहेका छन् । चारै जना अधिबक्ताले गरेको बहसमा आलमलाई फसाउने षडयन्त्र अन्तर्गत सरकारनै लागेको अधिबक्ताहरुले तथ्यसंगत बहस गर्दै आलममाथी मुद्दा चलाउनुपर्ने कुनै प्रमाण र कानुनी हैसियत नरहेको बहसका क्रममा आफ्नो राय,तर्क दिएका छन् । आलम पक्षका कानुन व्यवसायीहरुले आलमलाइ सादा तारेखमा रिहागर्न माग गरेका छन । जिल्ला अदालत रौतहटका न्यायाधीस दिपक ढकालको इजलासमा कानुन व्यवसायीहरुले आलमको पक्षमा बहस गरेका छन । बरिष्ठ अधिवक्ता शेर वहादुर केसी , गोपाल कृष्ण घिमिरे यस्तै अधिवक्ताहरु सुनिल पोख्रेल र योगेन्द्र बहादुर अधिकारीले बहस गरेका हुन ।
बरिष्ठ अधिबक्ता शेर बहादुर केशीले प्रहरीले २०६५ सालमा बनाएको मिसिल मात्रै सक्कली भएको र हाल बनाइएको कागजातहरु सवै नक्कली भएकोे जिकिर गर्दै ‘मिडिया ट्रायल’ गरेर आलमलाइ हिटलर बनाउने प्रयास सरकारको मिलिभगतमा मिडियाले गरेको बताए । उनले २०६५ सालमा ५ जना माथी मुद्धा चलाउने र फिर्ता गर्ने निर्णय सरकारी वकिल कार्यालयलेनै गरेको अवस्थामा हाल आएर १७ जना माथी मुद्धा चलाउनु नै कानुन विपरित भएको तर्क अदालतमा राखेका छन् ।
आलमको पक्षमा वकालत गर्दै अधिबक्ता योगेन्द्र बहादुर अधिकारीले कतव्र्य ज्यान मुद्धामा शव बरामद हुनु पर्ने , साक्षीहरुको बयान बाझीएको , झुठा मुद्धा लगाएर आलमको राजनैतिक जीवन समाप्त पार्न खोजेको वकालत अदातलतमा गरेका छन् । अर्का अधिबक्ता सुनिल पोख्रेलले प्रहरीले संकलन गरेको प्रमाणले आलमले अपराध गरेको पुष्टी नहुने बकालत गर्दै चार पटक सांसद, ६ पटक मन्त्री भएको व्यक्तीले यस्ता अपराध गर्नै नसक्ने भन्र्दै मुद्दानै कपोकल्पित र आधारहिन रहेकाले सामान्य तारिखमा रिहा गर्नुर्र्पाे भन्दै बहस गरेका छन् ।
यस्तै अर्का बरिष्ठ अधिबक्ता गोपालकृष्ण घिमिरेले पनि मिडियाले न्यायाधिस भन्दा अगाडी बढेर भ्रामक फैसला गरेको तर्क गरे । आलमलाइ जेलमा हाल्नका लागी आरोप मात्र तयार पारेको र ठोस प्रमाण नभएको उनको जिकिर छ । प्रहरीले ठट्टाको भरमा तथ्यहिन र प्रमाणरहित मिसिल तयार पारेको भन्दै मुद्दामा अफताव आलमको विपक्षमा क“िह केही प्रमाण नरहेका कारण मुद्दा चल्नै नसक्ने जिकिर गरे । उनले एनजिओद्दारा संचालित ईनसेकको प्रतिबेदनका आधारमा मुद्दा चलाईने हो भने सरकारी वकिलको कार्यालय बन्द गरे हुने तर्क राखे । घट्ना भएको भनिएको सालको प्रहरीको मुचुलका र हाल प्रहरीको अनुसन्धान अधिकृतले बनाएको मिसिलमा कहिं कतै आलमको नाम उल्लेख समेत नरहेको अवस्थामा प्रहरी र सरकारी वकिलको कार्यालयले कपोकल्पित र बाटोमा हिंड्ने मान्छेलाई प्रत्यक्षदर्शी बनाएर आलमको राजनीतिक भविक्ष्य समाप्त पार्ने खेल रचेको तर्क राखे । उनले पहिलाको घट्ना मुचुल्का र हालको मुचुल्का फरक पारिनुको अर्थ नेपाल सरकारले प्रष्ट्याउनुपर्ने तर्क राख्दै फौजदारी मुद्दामा हावा र आशंकाका आधारमा मुद्दा चल्नै नसक्ने सर्वोच्चको ५ नजिर समेत वकालतका क्रममा तर्क राखेका छन ।
सोमबार चार जना अधिबक्ताहरुले आलम लाइ सादा तारेखमा रिहा गर्न माग दावी गर्दै बहस गरेका हुन । उनको थुनछेक बहस मंगलवार पनि चल्ने छ । अदालतमा थुनछेक बहस चलिरह“दा गौरमा हजारौ आलमका समर्थकहरु ले उनि निर्दोश रहेको भन्दै मौन जुलुस समेत निकालेका छन ।
शुक्रवार बादीको तर्फ बाट कानुन व्यवसायी डा.युवराज संग्रौला, कुमार शर्मा आचार्य, गोबिन्द शर्मा, ओम प्रकाश अर्याल, दिनेश त्रिपाठी, मनिष कुमार श्रेष्ठ र पुष्पराज पौडेलले बहस गरेको थिए ।
२०६४ साल चैत्र २७ गते आलमका काका शेष इद्रिसको गोठमा बम विष्फोटहुँदा घाइते तथा मृत्यू भएकाहरुलाई इँटाभट्टामा जलाएको आरोपमा गत असोज २६ गते नेता आलम पक्राउ परेका थिए ।
सर्वोच्च अदालतको फैसला कार्यान्वयन निर्देशनालयले २०७५ चैत ८ गते पछिल्लो पटक जिल्ला प्रहरी कार्यालयलाइ मुद्धाको अनुशन्धान गर्न पत्राचार गरेपछि घटनाका मुख्य आरोपी भनिएका नेता आलम पक्राउ परेको हुन ।
रौतहटको यमुनामाइ गाउपालिका ४ का त्रिलोक प्रताप सिंह मारिएको भन्दै बाबु श्रीनारायण सिंह र ओसी अख्तर मारिएको भन्दै आमा रोक्साना खातुनले कतव्र्यज्यान मुद्धामा किटानी जाहेरी दिएका थिए । सर्लाही स्थित गडैता २ का सफि अहमद र भारत सितामणी जिल्ला बैरगनिया २ का गौरीशंकर रामले बम बिस्फोटनमा घाइते भएको उजुरी दिएका थिए । आलमविरूद्ध थुनछेक बहस जारी रह“दा सरकारी पक्षका साक्षीहरूले भने बयान फेरेका छन् ।
सोमबार एकाएक भारत सितामणी जिल्ला बैरगनिया २ का गौरीशंकर रामले आफुलाई प्रहरीले जबर्जस्ती बयान दिन लगाएको भन्दै अदालतमा निवेदनपत्र दर्ता गराएका छन् । रौतहट जिल्ला अदालतका न्यायाधीश दीपक ढकालको इजलासमा सोमबार धुनछेक बहस भइराखेका बेला चमारले वकिल मार्फत निवेदनपत्र दर्ता गराएका छन् । बयान फेरेका उनलाई प्रहरीले नियन्त्रणमा लिएको छ । भाइको ससुराली जा“दै गिरेका रामलाई प्रहरीले पक्राउ गरेर आलमविरूद्ध बयान दिन लगाएको अिदालतसमक्ष पेश गरिएको निवेदनपत्रमा उल्लेख गरिएको छ । उनले राजपुर घटनामा बम पड्केर नभई स्टोभ पड्केर घाइते भएको भन्दै प्रहरीले यातना दिएर बयान लिएको निवेदनपत्र अदालतमा दर्ता गराएका छन् ।

https://www.janasarokardainik.com/wp-content/uploads/2023/06/chapur-7-2.jpg