चन्द्रपुर,२५ कार्तिक ।
सुर्ती बालीबाट आम्दानी राम्रो हुने भन्दै चन्द्रपुर नगरपालिका पौराईका अधिकांश किसान सुर्ती खेति गर्न उन्मुख भएका छन् । खरिदको जिम्मा कम्पनीले नै लिने,दुई साता भित्रै भुक्तानी पाउने भएपछि उक्त क्षेत्रका अधिकांश किसान सुर्ती खेति तर्फ उन्मुख भएका हुन् ।
उक्त क्षेत्रका अधिकांश किसानले आफुसंग भएको पा“च–सात का जमिनमा पनि सुर्ती खेति गरेकै पाइन्छ । पा“च का जमिनमा मात्र सुर्ती खेति गर्नु भएकी कृषक सुनिता कुशुवार भन्नुहुन्छ “सुर्तीको गुणस्तर हेरी एक सिजनमा पा“च का जमिनबाट सालाखाला ३० देखि ४० हजार रुपिया“सम्म आम्दानी हुने बताउनु हुन्छ ।
कात्तिक र माघ गरी दुई वटा सिजनमा सुर्ति खेति गरिन्छ । किसानले नगद आम्दानी लिन थोरै क्षेत्रफलमा भएपनि दुवै सिजनमा सुर्ति खेती गर्दै आएका छन् । एक नम्बर सुर्ति प्रति क्विन्टल ११ हजार रुपियाँमा विक्री हुने किसानहरु बताउँछन् । यसैगरी दुई नम्बर प्रति क्विन्टल नौ हजार र तीन नम्बर सात हजार रुपिया“मा विक्री हुने अर्का किसान जनककुमार चौधरीले बताउनु भयो ।उक्त क्षेत्रमा सूर्य टोबाको प्राली बाराको निशुल्क प्राविधिक सहयोगमा सुर्ति खेति हुँदै आएको छ ।
अहिले रौतहटको उत्तरी क्षेत्रका अधिकांश किसान सुर्ती खेति तर्फ आकर्षित छन् । बिक्री र रकम प्राप्तिमा कुनै समस्या झेल्नु नपर्ने भन्दै उनीहरुले सुर्ती खेतिको विस्तार गरेका हुन् । सुर्ती खेतिको लागि आवस्यक आर्थिक सहयोग समेत कम्पनीले गर्दैै आएको किसानहरु बताउछन् । तोरी, मुसुरोजस्ता नगदेबालीको तुलनामा सुर्तीबालीबाट आम्दानी राम्रो हुने किसान सन्तु तामाङ् बताउनु हुन्छ । सुर्ति खेतिबाट नगद परिचालन गर्न पाएपछि आर्थिक अवस्थामा समेत सुधार हुदै गएको किसानहरु बताउछन् ।


