चन्द्रपुर,२५ कात्तिक ।
स्थानिय समुदायलाई सचेत पार्दै जिम्मेवार निकायलाई जवाफदेही बनाउने उदेश्यले चन्द्रपुरमा परियोजनाको परिचयात्मक तथा नगर स्तरिय मानव अधिकार समुह गठन गरिएको छ ।
सोमबार आर.आर गेष्ठ हाउसको सभाहलमा एक कार्यक्रमको आयोजना गरि समुह गठन गरिएको हो ।
चन्द्रपुर नगरपालिका तथा गरुडा नगरपालिकाको सामुहिक सहयोग एवम ईन्सेक प्रदेश नम्बर २ को कार्यालय जनकपुरधामको आयोजनामा सो कार्यक्रम सम्पन्न गरिएको थियो ।
सो कार्यक्रममा अध्यक्ष लगाएत ११ सदस्य नगरस्तरीय मानव अधिकार समुह गठन गरिएको ईन्सेककी जिल्ला प्रतिनिधि कोपिला तिमल्सिनाले बताईन् ।उनले अध्यक्षमा टेक बहादुर चौटेल,सचिवमा प्रेम कुमारी तिमल्सिना,कोषाध्यक्षमा बिन्दा राम,सदस्यहरु गोविन्द दुलाल,स्वस्तिका भण्डारी,सरस्वती खुलाल,शान्ति माझी, नम्र्रदा तामाङ,माननाथ पराजुली,बोल बहादुर बस्नेत र शान्ति बि.क चयन भएको बताईन ।
सो कार्याक्रममा चन्द्रपुर नगरपालिकाको नगरप्रमुख तथा कार्यक्रमका प्रमुख अतिथि रामचन्द्र चौधरीले चयन भएको टिमलाई अबिर लगाउदै सफल कार्यकालको शुभकामना दिएका थिए ।
ईन्सेक प्रदेश नम्बर २ का संयोजक राजु पासवानको अध्यक्षतामा सम्पन्न गरिएको सो कार्यक्रममा चन्द्रपुर नगरपालिका उपप्रमुख रामरति चौधरी,चन्द्रपुर नगरपालिका शिक्षा शाखा प्रमुख कृष्ण सिन्देल,चन्द्रपुर नगरपालिका सामाजिक शाखा संयोजक सरस्वती खुलला,ईलाका प्रहरी कार्यलयका प्रहरी निरीक्षक संतोष पाठक,देवकी नेपाल,लगाएतको उपस्थित रहेको ईन्सेक रौतहटका गेविन्द महराले जानकारी दिए ।