गौरमा आलमको समर्थकहरुको मौन जुलुस

गौर,२५ कात्तिक ।
अदालतमा पक्राउ परेका सांसद मो अफताव आलमको बिषयमा थुनछेक बहस चलिरहदा गौरमा उनको समर्थकहरुको ठुलो जुलुस थियो । अदालत वरपर ठुलो सख्यामा मानिसको भिड लागेको थियो । उनीहरुले आलम निर्दोस रहेको भन्दै रिहागर्न माग गरेका छन । मौन जुलुसमा हजारौको सख्यामा मानिस सहभागी थिए ।
अदालतमा थुनछेक बहस चलिरहदा गौर बजारमा समर्थकहरु ले राजइले राजनैतिक पुर्वाग्रह राखेर फसाउन खोजेको समेत बताएका छन ।
अदालत बाट निस्कदै गर्दा नेता आलमले आफ्नो पुरानै भनाइ रहेको धारण राखेका छन । उनले राजनैतिक साजीसका कारण आफुलाइ फसाउन खोजेको बताउदै आएका छन । सर्वोच्च अदालतको फैसला कार्यान्वयन निर्देशनालयले २०७५ चैत ८ गते पछिल्लो पटक जिल्ला प्रहरी कार्यालयलाइ मुद्धाको अनुशन्धान गर्न पत्राचार गरेपछि घटनाका मुख्य आरोपी भनिएका नेता आलम पक्राउ परेको हुन ।
रौतहटको यमुनामाइ गा“उपालिका ४ का त्रिलोक प्रताप सिंह मारिएको भन्दै बाबु श्रीनारायण सिंह र ओसी अख्तर मारिएको भन्दै आमा रोक्साना खातुनले २०६५ सालमा कतव्र्यज्यान मुद्धामा किटानी जाहेरी दिएका थिए भने सर्लाही स्थित गडैता २ का सफि अहमद र भारत सितामणी जिल्ला बैरगनिया २ का गौरीशंकर रामले बम बिस्फोटनमा घाइते भएको भन्दै यहि कार्तिकमा उजुरी दिएका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_imgspot_img

भरखरै प्राप्त

Related Articles