गौर। रौतहटमा एक प्रहरी चौकीमा विस्फोट भएको छ । जिल्लाको इशनाथ नगरपालिकामा रहेको मठिया प्रहरी चौकीमा विष्फोट भएको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ । विस्फोटमा परी सेन्ट्रीमा बसेका प्रहरी जवान रञ्जित कुमार यादव घाइते भएका छन् । विस्फोट लगत्तै प्रहरीले एकजना भारतीय नागरिकलाई नियन्त्रणमा लिएको छ ।
भारत बिहारको ढाका भन्ने स्थानका चन्दन कुमारलाई नियन्त्रणमा लिईएको प्रहरीले जानकारी दिएको छ । बीआर ०५ एच ६५०९ नम्बरको मोटरसाइकलमा सवार कुमारलाई प्रहरीले पक्राउ गरेको र अर्का एकजना फरार भएको जिल्ला प्रहरी प्रमुख एसपी भुपेन्द्र बहादुर खत्रीले जानकारी दिए । घट्नाबारे बिस्तृतमा बुझ्ने कार्य भईरहेको उनले बताए ।


Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *