वर्तमान सरकारले देश अस्थिरता तर्फ धकेल्यो:कांग्रेस सभापति देउवा

नबराज कोइराला , मकवानपुर, २६ कार्तिक। नेपाली कांग्रेसका सभापति शेर बहादुर देउवाले वर्तमान सरकारले देश अस्थिरता तर्फ धकेलेको र भ्रष्टाचार संस्थागत भएको आरोप लगाएका छन्। आज प्रदेश ३ को अस्थाई राजधानी हेटौडामा केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानको आयोजना एवं नेपाली कांग्रेस मकवानपुरको संयोजनमा हुने दुई दिने प्रशिक्षण कार्यक्रमको उदघाटन् गर्दै उनले सो कुरा बताएका हुन्। वर्तमान सरकारको कामको समिक्षा सहित आफ्ना महाअधिवेशन प्रतिनिधिलाई नेपाली कांग्रेसले दुई दिने प्रशिक्षण दिने भएको हो । प्रशिक्षण कार्यक्रमका प्रमुख अतिथि पूर्व प्रधानमंत्री देउवाले उदघाटन् कार्यक्रमलाई संबोधन गर्दै वर्तमान सरकारले देश अस्थिरता तर्फ धकेलेको र भ्रष्टाचार संस्थागत भएको आरोप लगाए । आगामी मंसिर १४ गते हुने उप निर्वाचनमा कांग्रेस एक ढिक्का भइ अवसरको रूपमा लिनु पर्नेमा जोड दिए।

कांग्रेस मकवानपुर जिल्ला सभापति तथा तिन नं.प्रदेशका प्रमुख प्रतिपक्ष दलका नेता इन्द्र बानियाँको सभाध्यक्षमा भएको उदघाटन् कार्यक्रमलाई कांग्रेस उप सभापति एवं बरिष्ठ नेता रामचन्द्र पौडेल, प्रतिष्ठानका प्रमुख एवं पार्टी उपसभापति विमलेन्द्र निधि, महामन्त्री डा.शशांक कोइराला,केन्द्रीय सदस्य तथा पूर्व अर्थ मंत्री रामशरण महत,डिना उपाध्याय,महिला संघकी केन्द्रीय अध्यक्ष उमा रेग्मीले सम्बोधन गरेका थिए। प्रतिष्ठानका कार्यकारी निदेशक पुरुषोत्तम दाहालले कार्यक्रमको विषय वस्तु माथी प्रकाश पारेका थिए।

प्रदेश अस्थायी राजधानी हेटौँडामा दुई दिनसम्म संचालन हुने प्रशिक्षणमा ३ नम्बर प्रदेश अन्तर्गतका ६ जिल्लाका महाधिवेशन प्रतिनिधि,जिल्ला सभापति,केन्द्रीय सदस्यहरुको सहभागिता रहकोे छ। प्रशिक्षणमा मकवानपुर, चितवन, धादिङ, नुवाकोट, रसुवा र सिन्धुलीका २ सय ९० जना भन्दा बढी प्रतिनिधिको सहभागिता रहेको छ । सहभागीलाई प्रतिष्ठानका प्रमुख नीधि, प्रतिष्ठानका सदस्य एवं राष्ट्रिय योजना अयोगका पूर्व उपाध्यक्षहरु डा. गोविन्द पोखरेल, डा.जगदिशचन्द्र पोखरेल, प्रशिक्षण विभागका कार्यकारी निर्देशक पुरुषोतम दाहाल लगाएतले दुई दिन सम्म सहजिकरण गर्नेछन्।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_imgspot_img

भरखरै प्राप्त

Related Articles