प्रदेश २ स्तरीय टि—२० नकआउट क्रिकेट प्रतियोगिता चन्द्रपुरमा हुंदै

चन्द्रपुर। रौतहटको चन्द्रपुरमा २ नम्बर प्रदेश स्तरीय टी—२० नकआउट क्रिकेट प्रतियोगिता हुने भएको छ । सन्तदास कार्की(दासबाबु) तथा रामकुमार कोईराला स्मृति २ नम्बर प्रदेश स्तरीय टी—२० नकआउट क्रिकेट प्रतियोगिता आयोजक मुल समितिका
अध्यक्ष देबराज कार्कीले प्रदेश २ का बारा,पर्सा,रौतहट,सर्लाही,महोत्तरी,धनुषा,सिराह र सप्तरी गरेर ८ जिल्लाको सहभागिता रहेने जानकारी दिए । प्रतियोगिता यहि आउ“दो मंसिर ५ गते बिहिबार देखी १२ गते बिहबारसम्म चन्द्रपुरमा रहेको स्व.शेर बहादुर दर्लामी स्मृती खेल मैदानमा हुने अध्यक्ष कार्कीले जानकारी दिए ।
प्रतियोगितामा प्रथम हुने टिमलाई नगद १ लाख र दोस्रो हुनेलाई नगद ५० हजार सहित ट्रफी,प्रमाणपत्र र मेडल प्रदान गरिने कार्कीले जानकारी दिए । प्रतियोगितामा उत्कृष्ठ खेलाडीलाई नगद १० हजार,प्रत्येक बिधामा उत्कृष्ठ खेलाडीलाई नगद ५ हजार सहित ट्रफी,प्रमाणपत्र र मेडल प्रदान गरिने कार्कीले जानकारी दिए ।
प्रतियोगिताको लागी अहिले आयोजक समिति पिच निर्माण गर्ने र खेलमैदान व्यवस्थापनमा जुटेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_imgspot_img

भरखरै प्राप्त

Related Articles