चन्द्रपुर,२७ कार्तिक ।
चन्द्रनिगाहपुरमा सफ्टवेयर सम्बन्धि १ दिने अभिमुखिकरण कार्यक्रम सम्पन्न भएको छ ।
बुधबार चन्द्रपुर ४ स्थित पशुपति गेष्ठ हाउसको सभाहलमा एक कार्यक्रमको आयोजना गरि सो कार्यक्रम सम्पन्न भएको हो ।
नेफ्स्कुन फिल्ड कार्यालय हरिवन सर्लाहीको आयोजना तथा रौतहट बचत तथा ऋण सहकारी संघ लिमिटेड चन्द्रपुरको सहयोगमा कार्यक्रम सम्पन्न गरिएको रौतहट बचत तथा ऋण सहकारी संघ लिमिटेड चन्द्रपुरकी अध्यक्ष देवकी नेपालले बताईन् ।
सो कार्यक्रमका प्रमुख अतिथि नेफ्स्कुन फिल्ड कार्यालय हरिवन सर्लाहीका सदस्य बिभु पोखरेलले दिगो विकास,आर्थिक समृद्धि र रुपान्तरणका लागि सहकारी अत्यन्त आवश्यक भएकोले सहकारीहरुलाई आधुनिक प्रविधिबाट बिकास गर्ने उदेश्यले चन्द्रपुरमा सफ्टवेयर सम्बन्धि अभिमुखिकरण कार्यक्रम गरिएको बताए ।
उनले हस्तलिखित प्रणालीले काम गर्न असहज भएको कारण सहकारीहरुमा आधुनिक सफ्टवेयरको प्रयोगले सहकारीले छिटोसरितो सेवा प्रदान गर्न सक्ने हुनाले यस्को प्रयोग आवश्यक रहेको बताए ।
कार्यक्रममा नेफ्स्कुन फिल्ड कार्यालय हरिवन सर्लाहीका कार्यालय प्रमुख राजेन्द्र ढकाल,नेफ्स्कुन फिल्ड सर्लाहीका सुचना प्रविधि अधिकृत राजन सुवेदी,हरेन्द्र राय लगाएत चन्द्रपुरका सम्पुर्ण सहकारी संस्थाका प्रमुखहरुको उपस्थिती रहेको थियो ।