आलम पुर्पक्षका लागि कारागार चलान

गौर। नेपाली कांग्रेसका निलम्बित सांसद आफताब आलमलाई पुर्पक्षका लागि कारागार चलान गरिएको छ । जिल्ला अदातलमा शुक्रबार भएकाे थुनछेकपछि अदालतले आलमलाई पूर्पक्षका लागि थुनामा राख्न आदेश दिएकाे हाे ।

रौतहट बमकाण्ड र हत्याको अभियोगमा पक्राउ परेका आलमलाई जिल्ला न्यायाधीश दीपक ढकालको चार नम्बर इजलासमा आलम पक्षका एकजना वरिष्ठ अधिवक्तासहित पाँचजना अधिवक्ताले शुक्रवार बहस गरेका थिए ।

कर्तव्य ज्यान, ज्यान मार्ने उद्योग र विष्फोटक पदार्थसम्बन्धी गरी आलममाथि तीनवटा मुद्दा दर्ता गरी सरकारी वकिल खडिन्द्रराज कटुवाल मार्फत ३२ वर्षको कैद सजायको मागसहित प्रहरीले जिल्ला अदालतमा प्रतिवेदन तथा अभियोगपत्र दर्ता गरेको छ ।

https://www.janasarokardainik.com/wp-content/uploads/2023/06/chapur-7-2.jpg