डाकाँ मुद्दामा फरार रहेका प्रतिबादी पक्राउ

रौतहट प्रहरीले डाकाँ मुद्दामा फरार रहेका प्रतिबादी पक्राउ गरेको छ । साविक पोठीयाही गा.वि.स.वडा नं.६ हाल गरुडा नगरपालिका वडा नं.६ बस्ने जोगिन्द्र प्रसाद चौधरीको जाहेरीले बादी नेपाल सरकार प्रतिवादी उमेश राय यादव समेत भएको डाकाँ मुद्दामा फरार रहेका पोठीयाही गा.वि.स.वडा नं.३ हाल गरुडा नगरपालिका वडा नं.६ बस्ने नथुनी राय यादवको छोरा उमेश राय यादव पक्राउ परेको जिल्ला प्रहरी कार्यालय रौतहटले जानकारी दिएको छ । रौतहट जिल्ला अदालतको लगत नं.८७६ मिति २०६५।०९।१६ गतेको फैसला अनुसार ६ बर्ष कैद र रु.६७,५००।– जरिवाना तोकिएका फरार यादब लाई बिहीवार दिउँसो सम्मानित अदालतको लगतबाट देखिएको हुदाँ फरार अपराधी उमेश गाउँघरमा नै लुकीछिपी बसी रहेको भनि बिषेश गोप्य सुचनाको अधारमा ईलाका प्रहरी कार्यालय गरुडाबाट प्रहरी निरीक्षक रिपेन्द्र कुमार सिहँको कमाण्डमा खटिएको प्रहरी टोलीले पक्राउ गरी शुक्रबार रौतहट जिल्ला अदालतमा बुझाईएको प्रहरीले जानकारी दिएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_imgspot_img

भरखरै प्राप्त

Related Articles