राजनीति र व्यवसाय एकै साथ गर्दै युवा नेता

चन्द्रपुर,१५ मंसिर ।
तत्कालिन अनेरास्ववियुका केन्द्रिय सदस्य देवराज न्यौपाने निर्माण सम्वन्धि ठेक्का कार्यमा जोडि“दै आएका छन् । त्यसवाहेक उनी ईन्स्योरेन्सका क्षेत्रमा समेत ब्यस्त रहने गर्छन । नेविसंघका जनज्योती बहुमुखी क्याम्पस,चन्द्रपुरका पुर्व स्ववियु सचिव देवराज कार्की पनि अहिले निर्माण ब्यवसायीका रुपमा बिहानदेखि दिनभर मजदुरसंगै खटिन्छन् । आफूले लिएको ठेक्का सडक र भवन निर्माणको काम सक्न उनलाई चटारो छ ।
नेविसंघकै निवर्तमान केन्द्रिय सदस्य नवराज देवकोटा राजनीतिसंगै फेन्सी पसल र विकास निर्माणका काममा वैकल्पिक पेसा गर्दै आएका छन् । तत्कालिन माओवादीको विद्यार्थी संगठन अखिल क्रान्तिकारीका केन्द्रिय सचिव सरोज बछार पनि ठेक्का सम्वन्धि काम गर्दै आएका छन् । वाइसियल र युवा संघ तथा नेविसंघका अधिकांश युवा नेताले राजनीति र ब्यवसायलाई एकसाथ लग्दै आएको पाइन्छ ।


पछिल्लो समयमा राजनीतिमा रम्ने युवा समुह धेरैजसो ठेक्कापट्टमा आकर्षित भएको देखिएको छ । गाउ“घरमा स्थानियतहले गर्ने विकास निर्माणका कार्य होस वा कन्स्ट्रक्सन क्षेत्रमा युवा नेताको संलग्नता रह“दै आएको हो । राजनीतिमा पैसाको महत्व बढ्दै गएको अधिकांश युवा नेताको कथन छ । राजनीति मह“गो हु“दै जान थालेकोले युवाहरुमा बैकल्पिक आम्दानीको खा“चो रहेको अनेरास्ववियुका नेता न्यौपानेले बताए । उनका अनुसार, पैसा बिनाको राजनीति मुस्किल छ । झन् पछिल्लो राजनीतिक गतिविधि खर्चालु भएको छ ।
नेविसंघका नेता देवकोटा अहिलेको जमाना गोजीमा पैसाबिना केही नहुने बताउ“छन् । उनका अनुसार,पैसा विना अबको राजनीति सम्भव छैन् । ठूलो संख्यामा युवा बेरोजगार छन् । विभिन्न सरकारी तथा गैरसकारी निकाय, वैदेशिक रोजगार, ठेक्कापट्टा, कृषि तथा स्वरोजगार लगायतमा युवा विद्यार्थी नेता संलग्न रहेपनि त्यसको संख्यामा कमि देखिन्छ ।
स्थानीय तहको निर्वाचनमा जनप्रतिनिधि बनेकाहरुले यसअघि बैकल्पीक ब्यवसाय अपनाएको पाइन्छ । विकासे योजनामा तिनै युवापुस्ताको संलग्नता रह“दै आएको छ । उपभोक्ता समितिमा कब्जा जमाउने होड नै चल्ने गरेको पाइन्छ ।

निर्वाचनताका नेतालाई जिताएर त्यसवापत उपभोक्ता समितिमा बस्न आउने परिपाटी कायम रहेको स्थानीय बासिन्दाको भनाई छ ।
जिल्लाका युवापंक्तिको जीवनशैली पनि मह“गोनै देखिन्छ । त्यसका लागि मुख्य स्रोत भनेको उपभोक्ता समितिमा बसेर फाइदा गर्ने हो । स्थानीय सरकारले पनि उत्पादनप्रति चासो नदिएकाले यस्तो अवस्था आएको हो । ठूलो संख्यामा युवा बेरोजगार रहनु र युवावर्गलाई उत्पादनशील तथा आत्मनिर्भर नबनाइएसम्म अर्थतन्त्रको अवस्था नसुध्रिने चन्द्रपुर नगर उद्योग बाणिज्य संघका सचिव सुनिल साह बताउछन् । उनका अनुसार,यहा“का बैंकहरुबाट समेत युवा लक्षित कार्यक्रममा लगानी हुन सकेको छैन् । कृषि, उद्योग, रोजगारमुखी व्यवसाय लगायतमा लगानी गर्न जनप्रतिनिधिले योजना बनाउनु पर्छ । उत्पादनमुलक काममा लगानी, ठूला उद्योग तथा रोजगारमुलक होटल, कृषि, पूर्वाधार लगायतमा युवा परिचालन सहितको रोजगारी दिलाउनु पर्ने धारणा रौतहट क्षेत्र नम्वर ४ का प्रतिनिधि सभा सदस्य साँसद देवप्रसाद तिमलसिनाको धारणा छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_imgspot_img

भरखरै प्राप्त

Related Articles