चन्द्रपुर,१५ मंसिर ।
रौतहटको चन्द्रनिगाहपुरमा निशुल्क कपडा बैक स्थापना भएको छ । ‘लुगा चाहिन्छ,य“हाबाट लानुहोस । लुगा चाहिदैन ,य“हा छाड्नुहोस ।’ भन्ने नेपाल कपडा बैंक को मुख्य नाराका साथ रौतहटको चन्द्रपुरमा कपडा बैंक स्थापना गरिएको हो । देशको विभिन्न दुर्गम देखी शहर सम्म नेपाल कपडा बैंकले निशुल्क कपडा बैंक खोल्दै आएको छ। समाजिक अभियन्ता रिक्सा चालक केदार प्रशाद तिमल्सिनाको संयोजकत्वमा चन्द्रनिगापुर मुख्य चोकमा पनि निशुल्क कपडा बैंक उद्घाटन तथा बितरण कार्यक्रम भएको छ ।
नेपाल कपडा बैंक अनामनगरको आयोजनामा चन्द्रनिगाहपुर मुख्य चोकमा कपडा बैंक रखिएको हो । उक्त कपडा बैकमा गरिव दिनदुखी असायहरुले निशुल्क पाउन सक्छन भने कोहि ब्यक्ती संग भएको प्रयोगमा न आएको कपडा दान गर्न सकिन्छ ।
तराइमा जाडो र काठयाङग्रीका कारण आधिकान्श मानिशहरुको आकालमा मृत्यु भएको तथ्याकङ छ ।कसैले पनि जाडोका कारण आकालमा ज्यान गुमाउनु नपरोस भनी तिमल्शिना १० बर्ष देखि यस्ता कार्यमा लागिरहेका छन ।बिद्यालय जाने बालबालिकाहरु पनि कपडानै नभइ जाने गरेको ,आर्थिक अवस्था कमजोरका कारण कपडा लागाउन नपाउनेहरुको लागि कपडा बैंक राख्न आफुले पहल गरेको बताए ।
निशुल्क कपडा बैंक तथा बितरण कार्यक्रमको उद्घाटन इलाका प्रहरी कार्यलयका प्रहरी नायब उपरीक्षक कवित कटवालले गरेका थिए ।
तराइमा जाडोमा न्यानो एक सरह कपडा नभएका कारण धेरै मानिसहरुले ज्यान गुमाउनु परेको अवस्थाबाट उनमुक्ती गर्न जुन अभियान ल्याउनु भएको छ त्यो निकै नै सराहणिय रहेको बताए ।
शान्ती सुरक्षा देखि समाजिक पुण्य कार्य गर्न सधै नेपाल प्रहरी मन वचन र कर्मले सेवा गर्न तत्पर रहेको बताए ।कपडा बिना कोहि पनि मर्नु नपरोस् भन्ने नेपाल कपडा बैकको मुख्य उदेश्य हो । नेपाल को विभिन्न जिल्लामा अझै निशुल्क कपडा बैक स्थापना गर्ने नेपाल कपडा बैकका संचालक राधे खड्काले बताए ।