रौतहटका विपन्न परिवारलाई व्ल्याङ्केट वितरण

चन्द्रपुर,१७ पुस ।
रौतटहमा १ सय ५० जनालाई चितवनका एक युवाले सहयोग गरेका छन् । चितवनका राप्ती नगरपालिका वार्ड नम्बर ४ भण्डारा निवासी सामाजीक अभियान्ता युवा केदार आर्चायले रौतहटको चन्द्रपुर नगरपालिका वडा नम्बर १० का विपन्न परिवारहरुलाई जाडोमा ओड्न व्ल्याङ्केट वितरण गर्नुभएको छ । आचार्यको पहलमा अष्ट्रेलया रहेका नेपाली राज थपलिया,सहित २२ जनाको आर्थिक सहयोगमा उहा“ले सो वार्डको वलुवा टोलका विपन्न दुसाध, मुसहर, पासवान, चमार समुदायका मानिसहरुलाई व्ल्याङ्केट वितरण गर्नुभएको हो । उहा“ले बुधबार सो स्थानमा रहेको श्री आधारभुत विद्यालयमा एक कार्यक्रम गरेर व्याङ्केट वितरण गर्नुभएको थियो । व्याङ्केट वितरण हुनेभएपछि लिनको लागि स्थानियको घुइचो लागेको थियो । विशेषगरी वृद्धवृद्धा र महिलाहरु व्याङ्केट लिन आउनुभएको थियो । स्थानिय अगुवा, नेपाल प्रहरीको सहयोगमा व्यवस्थित ढंगले व्ल्याङ्केट वितरण गरिएको थियो । व्ल्याङ्केट पाएपछि स्थानियहरु खुसी भएका थिए । जाडोमा ओड्नलाई व्ल्याङ्केट पाएर आफुहरुलाई निकै खुसी लागेको भन्दै उहा“हरुले अब चिसोमा ओड्ने पाउने भन्दै हर्षित हुदै फर्किएका थिए । आजसम्म कुनैपनि सरकारी तथा गैरसरकारी सस्थाले सो स्थानमा ओड्ने कपडा नबाडेको भन्दै स्थानिय अगुवा विन्दारामले स्थानिय सरकार र जनप्रतिनिधिको पनि यसमा ध्यान नगएकोमा दुःख व्यक्त गर्नुभयो ।
चन्द्रपुर नगरपालिकाका कार्यपालिका सदस्य समेत रहनुभएका रामले आफुले बारम्बार चिसो पिडित विपन्नलाई न्यानो कपडा, ओड्ने बाड्न भनेको तर यसलाई जनप्रतिनिधिहरुले हलुकामा लिनुभएको आरोप लगाउनुभयो ।
अनेरास्वियु केन्द्रिय सदस्य प्रतिक्षा कार्कीले रौतहटमा विपन्न परिवारहरु धेरै रहेकाले र उनीहरु चिसोमा ओड्ने कपडाको अभाव भएकाले सबैले आ–आफ्नो स्थानबाट उनीहरुलाई सहयोग गर्नुपर्ने जिकीर गर्नुभयो । उहा“ले सरकारले गर्नुपर्ने काम एक व्यक्तिले गर्नु निकै राम्रो भएको भन्दै आर्चायको प्रशंसा गर्नुभयो ।
सहयोगी युवा आचार्यले जाडोमा ओड्ने नभएर गुन्द्री, पराल ओडेर बसेको फोटोहरु हेरेपछि आफुले अष्ट्रेलियामा बस्ने साथीहरुको सहयोगमा यो कार्यक्रम गरेको भन्दै आगामि दिनमा पनि यस्ता खाले सहयोग जारी राख्ने प्रतिवद्धता व्यक्त गर्नुभयो । उहाले आफ्नो सानो पहलले कसैले न्यानो पाउछ भने आफुलाई निकै खुसी लाग्ने बताउनुभयो ।
रौतहटमा जाडोमा ओड्ने , ओच्छाउने एवम् न्यानो कपडाको अभावमा विपन्न समुदायका मानिसहरु नराम्ररी प्रभावित हुने गरेका छन् । यसरी न्यानो कपडा र ओड्ने ओच्छाउनेको अभावमा ज्यानै गुमाउनु पर्ने अवस्थामा पुगेका समुदाय र मानिसहरुलाई सामाजिक अभियान्ताले मात्र नभएर तीनै तहको सरकारले ठोस निति लिएर अभियान चलाउनु अत्यावश्यक रहन्छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_imgspot_img

भरखरै प्राप्त

Related Articles